site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बागलुङ । बन्द भएको २६ वर्षपछि यहाँस्थित बलेवा विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ । तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाडौं–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो । 

बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्कासहित जनप्रतिनिधि र स्थानीयवासीले बाजागाजासहित यात्रुको स्वागत गरेका थिए । विमान चालक सञ्जीव श्रेष्ठले विमान उडाउँदा सहज र रमाइलो अनुभव भएको बताए । “नियमित उडानका लागि विमानस्थल ठीक छ”, उनले भने, ‘मौसम पनि राम्रो भएकाले उडान रमाइलो रह्यो ।” यसअघि सोमबारको परीक्षण उडान पनि श्रेष्ठलगायतको चालक टोलीले गरेको थियो । विमानस्थल नियमित सञ्चालन गर्न कुनै प्राविधिक समस्या नरहेको उनको भनाइ छ । 

Agni Group

हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । 

उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए नगरपालिकाले भार व्यहोर्ने भएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताए । विसं २०४८ मा बन्द विमानस्थल पछिल्लो समय गौचरणमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । विसं २०२२ मा निर्मित विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC