site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिजी फुड्स र ग्लोकल बीच ‘ग्लोकल टिन हिरो’ जारी राख्ने सम्झौता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिजी फुड्स र ग्लोकल प्रालिले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेका छन् । वाईवाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन कार्यक्रम गर्न लागिएको जनाइएको छ । यस मञ्चमार्फत किशोरकिशोरीमा भएको उत्साह, रचनात्मक सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोरकिशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

सिजी फुड्सका सिइओ जिपी शाहका अनुसार किशोर किशोरीमा सकारात्मक परिवर्तन ल्याउन यसले मद्दत गर्दछ । हामी हाम्रो तर्फबाट समाज कल्याणका र किशोर किशोरीको समर्थनको लागी गर्दैछौँ ।’ कार्यक्रममा बोल्दै ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले वाईवाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरोको नाम अघि बढाउँदा खुशी रहेको बताए ।

पहिलो दोस्रो र तेस्रो बर्षको राम्रो प्रतिक्रियाले ग्लोकल टिन हिरोको कार्यत्रमलाई थप प्रोत्साहन मिलेको भन्दै आयोजकले यसले किशोर किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक सुरुवातको राष्ट्रिय सम्मान गरेको जनाएको छ । अझै उर्जाका साथ यो वर्षको वाईवाई ग्लोकल टिन हिरो लागि आवेदन आउँदो मेमा खुल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC