site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । केन्द्रीय राजधानी काठमाडौँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिधा हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार कर्णालीको पर्यटन विकाससम्बन्धी छलफलको निर्णयसँगै सुर्खेत उडान शुरु गर्न लागिएको हो । काठमाडौँबाट करीव एक घण्टाको हवाई यात्रापछि सुर्खेत पुगिन्छ । 

पर्यटनमन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन विकासका लागि प्रत्यक्ष हवाई उडान गर्ने निर्णय भएको थियो । छलफलमा सहभागी हवाई सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधिले काठमाडौँ सुर्खेत नियमित उडान गर्ने प्रतिबद्धता जनाएको पर्यटन मन्त्रालयले जनाएको छ । 

पर्यटनमन्त्री अधिकारीले काठमाडौँ सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने भन्दै तत्काल उडान सञ्चालन गर्ने र उडानसम्बन्धी समस्यालाई छलफलका माध्यमबाट समाधान गरिने बताए ।  

Agni Group

कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले सरकारले ‘रारा कर्णाली पर्यटन वर्ष–२०७५’ मनाउन लागेको सन्दर्भमा कर्णाली प्रदेशमा हवाई उडान भए काठमाडौँ कर्णालीवासीको मुहारमा खुशी जोडिने बताए ।  

छलफलमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एरलाइन्स, बुद्ध एयर, तारा एयर, सीता एयर, सिम्रिक एयरलाइन्ससहित विभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो । 

Global Ime bank

उक्त छलफलमा बुद्धएयर नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आउँदो वैशाख १ गतेदेखि हुने रारा कर्णाली महोत्सवलाई यो उडानले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

बुद्धएयरले वैशाख १ देखि उडान शुरु गर्ने 

निजी वायुसेवा कम्पनी बुद्ध एयरले वैशाख १ गतेदेखि काठमाडौँ–सुर्खेत उडान सञ्चालन गर्ने भएको छ । देशको बद्लिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौँसँग जोड्नु आफ्नो दायित्व भएको भन्दै नयाँ वर्ष वैशाख १ देखि पुनःउडान सञ्चालन गरिने बुद्ध एयरले आज विज्ञप्तिमार्फत जनाएको हो । 

उडान सञ्चालनका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएलगत्तै बुद्धले १८ सिट क्षमताको बीच १९०० डि जहाजबाट काठमाडौँ–सुर्खेत–काठमाडौँको दैनिक एक उडान भर्ने योजना बनाएको छ । 

बुद्ध एयरले यसअघि विसं २०६९ पुसदेखि २०७० असारसम्म काठमाडौँबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो । उक्त अवधिमा पर्याप्त यात्रु नहुँदा आर्थिक भार परी सुर्खेत उडान बाध्यताबश रोकिन गएको कम्पनीले जनाएको छ । 

नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम एकतर्फी भाडा दर रु ११ हजार ४१९ भए तापनि आधा सिट रु आठ हजार ५०० र बाँकी आधा सिट रु १० हजार ५०० मा बेच्ने कम्पनीले जनाएको छ । यता राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले पनि चाँडै सुर्खेत उडान भर्ने जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC