site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर लगानीकर्ताको मनोबल खस्कियो
Sarbottam CementSarbottam Cement

यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ:

रोविन पौडेल


काठमाडौं । नयाँ सरकार गठन भएको केही समय बजारमा कारोबार उच्च हुने गरेको भएपनि त्यसयता सेयरमा न्यून लगानी हुँदै आएको छ । सेयर बजारमा लगानीकर्ताको मनोबल गिर्दा केही महिना पहिले दैनिक आधा अर्बको कारोबार हुने गरेको सेयर बजारमा पछिल्ला केही साता औसतमा ३० करोडको मात्र कारोबार हुन थालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बजार सकारात्मक हुन नसक्नुमा लगानीकर्ताको मनोबल खस्किनु प्रमुख कारण रहेको जानकारहरुको बुझाइ छ । देशले नयाँ तथा स्थिर सरकार पाउँदा पनि लगानीकर्ताले सुरक्षिात वातावरण अनुभूत गर्न नपाउँदा बजार ओरालो लागेको लगानीकर्ताहरुकोे दावी छ ।

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालका अनुसार सरकार गठन भएको एक महिना बढी हुँदा सम्म पुँजी बजार लगाएत पुँजीबजार लगाएत कुनै पनि आर्थिक क्षेत्रमा सरकारको चासो नदेखिँदा लगानीकर्ता निरुत्साहित भएका हुन् । उल्टै बजार प्रभावित गर्ने अभिव्यक्ति दिँदा केही दिन बजारमा पहिरो गएको उनको दाबी छ । बाह्रखरीसँग कुरा गर्दै अर्यालले भने, “जसका कारण लगानीकर्तामा कम्युनिस्ट सरकारले आफ्नो सम्प्त्तिको रक्षा नगर्ला भन्ने डर भयो । यही कारण लगानीकर्ताको मनोबल खस्कियो । बजार घट्नुको ७५ प्रतिशत क्रेडिट यसैलाई दिन सकिन्छ ।”

Global Ime bank

करिब डेढ वर्ष लामो क्रेडिट क्रन्च लगानीकर्ताको मनोवल गिराउने अर्को कारक रहेको अर्याल दावी गर्छन । उनले भने, “संसारमा कुनै पनि देशमा यति लामो क्रेडिट क्रन्च भएको इतिहास छैन । यसको दिगो समाधान गर्न कसैको जाँगर चलेको देखिँदैन । पुँजी बजारको मूख्य स्रोत क्रेडिट नै हो किनकी पैसा चलायमान हुन पैसा नै चाहिन्छ ।”

विदेशमा सेयरमा लगानी गर्नेलाई आकर्षक स्किम उपलब्ध गराउने परम्परा भएपनि नेपालमा भने केन्द्रीय बैंकले उल्टै कडाई गरेको छ । अर्यालका अनुसार राष्ट्र बैंकले कायम गरेको यी ३ मापदण्डले बजार प्रभावित भएको अर्याल दाबी गर्छन्ः

१)    पहिले ७० प्रतिशतसम्म मार्जिन लोन दिन पाइनेमा त्यो ५० प्रतिशतमा सिमित पारियो ।

२)    वेटेज एभरेज  -waitage average_गणनामा सेयर लोनमा अत्याधिक १५० प्रतिशत रिस्क फ्याक्टर -risk factor_ राखिएको छ । यसैका कारण बैंकहरु सेयरमा लगानी गर्न चाहँदैनन् । ऋण उपलब्ध गराएपनि त्यसको ब्याजदर अन्य शिर्षकको भन्दा २–३ प्रतिशत बढी हुन्छ ।

३)    पहिले बैंक तथा वित्तीय संस्थाको कोर क्यापटिलमा पहिले सतप्रतिशत सेयर लोन दिन पाइन्थ्यो । अहिले पुँजीवृद्धिको बहानामा त्यसलाई ४० प्रतिशतमा सिमित गरिएको छ ।

यता सेयर बजारमा आपूर्ति उच्च रहेको अवस्थामा माग भने सोही अनुरुप नहुँदा बजारमा नयाँ सेयर थपिएका थपिएकै छन् । यो अवस्थामा बजार मूल्य घटेका सेयर किन्दा लगानीकर्तालाई फाइदा हुने जानकारहरु बताउँदै आएका छन् । लगानीकर्ता संघका अध्यक्ष अर्याल पनि वित्तीय स्थिति सुदृढ भएका संस्थाको सेयर सस्तो उपलब्ध भए ती खरिद गर्ने यो उपयुक्त सयम भएको बताउँछन् । उनले भने, “खरिदकर्ताले दिमागमा एउटा सेयरको मूल्य सधैं १०० रुपैयाँ हो भन्ने कुरा दिमागमा राख्नुपर्ने हुन्छ । अहिले राम्रो बोनस र डिभिडेन्ट दिने संस्थाको सेयर डेढ सय रुपैयाँमा पाए किन नकिन्ने ?”

सेयरमा लगानी गर्न लगानीकर्ताको मनोबल खस्किँदा गत साता पनि नेप्सेमा १ अर्ब ७२ करोड रुपैयाँको मात्र कारोबार भयो । यसक्रममा नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीका ४६ लाख दुई हजार छ सय ३० कित्ता सेयर खरिद बिक्री भए । साताभरि २३ हजार ८६९ कारोबारमा १७३ कम्पनीका सेयर खरिदबिक्री भए । अघिल्लो साता योभन्दा पनि अझै कम अर्थात् १ अर्ब २९ करोड रुपैयाँको मात्र कारोबार भएको थियो ।
कारोबार रकम गत साताको भन्दा बढी भएपनि बजार परिसूचकले साताभर रातो रंगको ट्रेन्ड देखायो । लगातार घट्ने क्रममा रहेको बजार समग्रमा अघिल्लो साताको अन्तिम दिनको ६७.९२ अंकले घटेर १२२०.४४ अंकमा सिमित हुँदा २ वर्षकै खराब अवस्थामा पुगेको हो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

नेप्से परिसूचक घट्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिले दिनको तुलनामा १२ दशमलव ०६ अङ्कले घटेर २ सय ६० दशमलव ४१ अङ्कमा आइपुगेको छ ।

गतसाता ट्रेडिङबाहेक कारोबारमा आएका सबै समूहमा गिरावट आए । तीमध्ये बीमा समूह पहिलो दनको तुलनामा सबैभन्दा धेरै ५ सय ९ दशमलव ८९ अंकले घट्यो । त्यसैगरी लघुवित्त, विकास बैंक र जलविद्युत् समूहमा क्रमशः ९८.४८, ४८.६७ र ९०.५७ अंकको गिरावट आउँदा बैंकिङ, उत्पादनमूलक र होटल समूहमा पनि क्रमशः ४४.७१, १६.३५ र ९७.२५ अंकले ओरालो लागे । गतसाता वित्त समूह १८.२१ र अन्य समूह १८.६९ अंकले घट्दा ट्रेडिङ समूह भने १.३६ अंकले उकालो लाग्यो ।

यससाता सर्वाधिक कारोबार हुने कम्पनीमध्ये शीर्ष ५ मध्य ३ वटा बैंक रहे । यद्यपि सर्वाधिक कारोकार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीका कूल १६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता काराबार भएको सेयर संख्याको आधारमा एनसीसी बैंक २ लाख १४ हजार कित्तासहित शीर्षस्थानमा रहँदा कारोबार संख्याका आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स रह्यो । कम्पनीका १ हजार ८ सय ८७ वटा कारोबार भए ।

कारोबार रकमका आधारमा ८ करोड ८६ लाख रुपैयाँसहित नबिल बैंक दोस्रो स्थानमा रह्यो । सर्वाधिक कारोबार हुने शिर्ष ५ कम्पनीमा नागरिका लगानी कोष, नेपाल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक पनि पनि अटाए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC