site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

दमासकस । सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जनालाई सुरक्षित स्थानमा सरिएको छ । 

उनीहरुले गुटा क्षेत्र छोड्न पाउने रोजाई सरकारले दिएको थियो । राज्यद्वारा सञ्चालित समाचार समिति सानाले शुक्रबार सो कुराको जानकारी दिएको छ । सिरियाली विद्रोही समूह र सिरियाली सरकारबीच भएको सम्झौताअनुसार उनीहरुलाई गुटा छोडेर अन्यत्रै बस्न दिने भनिएको थियो । 

यसमा एक हजार २३४ जना विद्रोही र उनीहरुका परिवारजन रहेका छन् । उनीलाई उनले रोजेकै स्थान उत्तरी सिरियामा लगिएको बताइएको छ । सिरियाली सरकारले प्रमुख सहर पूर्वीगुटा, नामेली जमाल्का, आर्बिन, जोबार, आयु तर्मा, सहरबाट विद्रोहीलाई अन्यन्त्र सार्ने काम गर्दै आएको छ । 

Agni Group

हाल रुसको समर्थन रहेको सिरियाली सैन्य बलले विद्रोहीको नियन्त्रणमा रहेको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ । 

केही महिनायता पूर्वीगुटामा रुसी समर्थनमा सिरियाली सैन्यले गर्दै आएको हवाई कारबाहीमा परी सयौँ सर्वसाधारणले ज्यान गुमाएपछि रुस र सिरिया सरकारले त्यहाँ युद्ध विरामको घोषणा गरेका थिए । 

Global Ime bank

सिरियामा त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सन् २०११ मा जनआन्दोलन सुरु भएको थियो । पछि यहाँ गृहयुद्धमा नै सुरु भएको छ र त्यो अहिले पनि जारी छ । 

अफ्रिन सहर नियन्त्रणमा 

सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा नियन्त्रणमा लिइएको छ । यहाँका अर्धसैन्य लडाकूले सो सहर नियन्त्रणमा लिएका हुन् । 

उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार हालै आएको थियो । गत बुधबार सेनाले सो भागलाई पूर्णरुपमा नियन्त्रणमा लिएको जानकारी दिएको छ । 

टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारेको थियो । उक्त समूहलाई टर्कीले आतंकवादी भनेको छ । 

अफ्रिन टर्कीको सेनाको सहयोगमा रहेको टर्की समर्थित लडाकू सहरको मुख्य भागमा पुगेका थिए । टर्की र सिरियाको सीमावर्ती सहर हो । 

सिरियाको पूर्वी गुटा क्षेत्रमा टर्की र सिरियाली सेनाले संयुक्तरुपमा कारबाही थाल्नुभन्दा केही समय अघि नै यहाँ टर्कीको सेनाको सहयोगमा टर्की समर्थित लडाकू समूहले कारबाही सुरु गरेका थिए । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC