site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकमा म्यासेज ‘अनसेन्ड’ गर्न मिल्ने ! यस्ता छन् नयाँ फिचर 
Sarbottam CementSarbottam Cement

एजेन्सी । फेसबुकले नयाँ फिचर बनाउँदै आगामी महिनाभित्रमै प्रयोगकर्ताले म्यासेज ‘अनसेन्ड’ गर्न मिल्ने सेवा प्रयोग गर्न पाउने घोषणा गरेको छ । 

यसअघि फेसबुकका कार्यकारी अधिकृत माक्र्स जुकरवर्गको व्यक्तिगत म्यासेज उनलाई थाहै नदिइ इनबक्सबाट डिलिट गरिएको खबर बाहिर आएपछि यसले ठूलो विवाद उत्पन्न गराएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

जुकरवर्गको अकाउन्टबाट केही पुराना म्यासेजहरु डिलिट भएपछि कम्पनीले केही ठूलो कुरा लुकाइरहेको हुन सक्ने आशंका गरिएको हो । 

मार्क जुकरवर्ग फेसबुकका मालिक भएपनि त्यसरी उनको व्यक्तिगत म्यासेज डिलिट गर्नु फेसबुककै नियमको विरुद्ध रहेको बताइएको छ । १ अर्बभन्दा बढीले चलाउने फेसबुकको सुरक्षा सम्बन्धि पछिल्ला केही दिनहरुमा विभिन्न प्रकरणको खुलासा भएको छ । यसैबीच यो नयाँ आरोपले फेसबुकको झनै ठूलो कमजोरी सार्वजानिक गरेको हुँदा प्रयोगकर्ताहरुले अहिले निकै आक्रामक प्रतिक्रिया दिइरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । 

Global Ime bank

उता फेसबुकले भने कम्पनीसँग सम्बन्धित सुरक्षालाई मध्य नजर राख्दै सो म्यासेज डिलिट गरिएको भन्ने भनाइ व्यक्त गरेको छ । त्यसैले नयाँ अपडेट अन्र्तगत फेसबुकले आगामी महिना बाट नै ‘अनसेन्ड’ गर्न मिल्ने सुविधा राख्ने बताएको हो । यसअघि म्यासेन्जरको इन्क्रिप्टेड फिचरमा पनि यस प्रकारको सेवा प्रदान गरिएको थियो जहाँ प्रयोगकर्ताको म्यासेज एउटा सिमित समयपछि आफैँ डिलिट हुने गथ्र्यो । फेसबुकले यसबारे भनेको छ, ‘हामीले धेरै पहिले यस्तो सुविधा राख्नु पथ्र्यो । तर अब हामी चाँडै नै म्यासेज डिलिट प्रक्रियालाई अझ सहज बनाउने तयारी गरिरहेका छौँ ।’

यो भन्दा अगाडि फेसबुकमा म्यासेज डिलिट गर्दा आफ्नो बक्सबाट मात्र हट्ने गरेको थियो भने आफ्नो साथीको इनबक्समा चाहिँ यथावत् रहने गरेको थियो । फेसबुकका अन्य एप, इस्टाग्राम र वाट्स एपमा पहिले नै डिलिट गर्न मिल्ने फिचर राखिएको छ तर फेसबुकमा भने त्यसको सहज सुविधा थिएन । 

गत महिनाहरुमा विभिन्न आलोचनाको सामना गर्नुपरेपछि फेसबुकले अहिले हरेक प्रयोगकर्ताले लेख्ने गरेको म्यासेजको समेत स्क्यान गर्ने गरेको बताएको छ । कुनै पनि म्यासेजले फेसबुकको नियम उल्लंघन गर्ने जस्तो देखिएमा त्यसलाई पठाउन नमिल्ने बनाइएको फेसुबकको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC