site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूकम्पले क्षति पुर्याएको काठमाडौंको काष्ठमण्डप पुनपिर्नर्माणमा स्थानीयले चासो देखाउँदै आएका छन् । काष्ठमण्डपको पुनर्निर्माण चाँडो हुनुपर्ने भन्दै यहाँका स्थानीयबासीले बुधबार पुरातत्व विभागको ध्यानाकर्षण गराएको वसन्तपुरका स्थानीय तथा सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले बताए । 

काष्ठमण्डप पुनर्निर्माणमा स्थानीयबासीको प्रतिनिधित्व रहनुपर्ने आफूहरुको माग रहेको श्रेष्ठले बताए । “काष्ठमाण्डप पुनर्निर्माणमा स्थानीयको समेत प्रतिनिधित्व हुनुपर्छ,” श्रेष्ठले भने । यसअघि पुरातत्व विभाग र काठमाडौं महानगरपालिका बीचमा यसको पुनर्निर्माणका लागि हानाथाप चल्दै आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल आएर काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरले चासो देखाएको छ । तर महानगरपालिकाले आफूखुसी ढङ्गले विभिन्न निर्माण कम्पनीलाई पुनर्निर्माणको जिम्मा दिएकोमा स्थानीयको आपत्ति छ । 

विभिन्न विदेशी निर्माण कम्पनीहरुले काष्ठमण्डप पुनर्निर्माण गर्दा समयमै सम्पन्न नगर्ने, स्थानीयको मागलाई सम्बोधन नगर्ने सम्पदा बचाऔं अभियन्ताहरुको भनाइ छ ।
“स्थानीयबासीको समिति गठन गरी आएको निर्णयबाट काष्ठमण्डपको पुनर्निर्माण हुनुपर्छ,” सम्पदाप्रेमी श्रेष्ठले भने, “स्थानीयको प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो मुख्य माग हो, यसको पुनर्निर्माणमा अनावश्यक ढिलाइ भइरहेको छ अब चाँडै काम अगाडि बढाइनुपर्छ ।”  

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC