site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकासँग युद्धको अवस्था आउन सक्ने रुसको चेतावनी 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । संयुक्त राष्ट्रसंघका लागि रूसका दूत वसिली नेबेन्जिÞयाले अमेरीकाले सीरियामाथि आक्रमण गरे रुस र अमेरीकाबीच युद्धको अवस्था आउने चेतावनी दिएका छन् । 
नेबेन्जिÞयाले अमेरीका र उसका मित्र राष्ट्रहरुले आफ्नो आक्रामक नीतिका कारण अन्तराष्ट्रिय शान्तिलाई खतरामा पारेको आरोपसमेत लगाए । अहिलेको मौजुदा स्थितिलाई उनले ‘अत्यन्तै खÞतरनाक’ पनि बताए । 
उता व्हाइट हाउसले तत्काल सैन्य कारवाहीका बारेमा कुनै फÞैसला नलिएको बताएको छ । 
म्याक्रोसँग छ ‘रसायनिक हमलाको प्रमाण’
फ्रान्सका राष्ट्रपति इमैनुएल म्याक्रोले सीरियाको डूमा सहरमा सरकारी पक्षले गरेको रसायनीक हमलाको प्रमाण आफूसँग भएको बताएका छन् । अमेरीका र फ्रान्स गत शनिबार डूमा सहरमा गरिएको आक्रमणमा रसायनीक हतियार पयोग गरिएको दावी गर्दै आएका छन् । तर सीरियाले उनीहरुको दावीलाई लगत भएको जिकिर गरिरहेको छ । 
फ्रान्सका राष्ट्रपति इमैनुएल म्याक्रोले समय आए पछि हवाई हमलबाट रसायीनक हतियार प्रयोगको जवाफ दिने नदिने भन्ने बारेमा निर्णय लिइने पनि बताएका छन् । 
अमेरीकी अधिकारीहरुले डूमा सहरमा भएके आक्रमणका पीडितहरुको रगत र पिसावमा नमुनामा क्लोरीन र एक नर्व एजेन्ट पाइएको दावी समेत गरेका छन् । 
पश्चिमी देशहरुले उक्त हमला विरुद्ध मिसाइल हमलाको तयारी गरिरहेको आशंका गरिएको छ । पशिचमा देशहरुको तयारीको विरोधमा रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोवले यसअघि नै भनेका छन्, ‘‘कुनै पनि कदम मौजुदा तनावलाई बढाउन सक्छ ।’’ 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  ०५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC