site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
बुद्धको जन्मस्थलबारे भारतको भ्रमपूर्ण प्रचार, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया ... ।’
Sarbottam CementSarbottam Cement

सिद्धार्थ गौतमको जन्मस्थानका बारेका बेलाबेलामा भ्रम पार्ने प्रयास भइरहेकै हुन्छ । त्यसैले पनि कैयौं नेपालीले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर चिनाउन संसारभर कार्यक्रम गर्दै आइरहेका छन् । तर भारतबाट पनि बेलाबेलामा बुद्धको जन्म भारतमा भएको हो भन्ने भ्रम उत्पन्न गर्ने गरिएको पाइन्छ ।

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कोलम्बोबाट जनकराज सापकोटाले लेखेका छन् ।

समाचारअनुसार म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ – ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया ... ।’ सन् २०१७ मा श्रीलंका घुम्न छिरेका २१ लाखभन्दा बढी पर्यटकमध्ये आधाजसो क्यान्डी पुगेको श्रीलंकन टुरिज्म, ट्राभल्स इन्फरमेसन सेन्टरको तथ्यांक रहेको समाचारमा जनाइएको छ । यो तथ्यले क्यान्डी पुग्ने कति धेरै पर्यटकलाई बुद्धको जन्मस्थलबारे गलत सूचना दिइएको रहेछ भन्ने थाहा हुन्छ । यसरी गलत सूचना दिनुमा भारतीय पक्ष जिम्मेवार रहेको छ । कोलम्बोस्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलका अनुसार भारतले बुद्ध नेपालमा जन्मेको अकाट्य तथ्यलाई बंग्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्य समाचार 
 

आजका सबैजसो पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट गरेको सम्बोधनको तस्बिरसहितको समाचारलाई प्रामिकतामा राखेर प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै गरेको तस्बिर पहिलो पृष्ठमा प्रकाशित गरेको छ । साथै प्रधानमन्त्रीले राराबाट समृद्धिको उद्घोष गरेको सम्बन्धी समाचार पनि प्रकाशित छ । 

Global Ime bank

कान्तिपुरमै कृष्ण ज्ञवालीले लेखेको समाचार शीर्षक छ– आयल निगम जग्गा खरिदमा अनियमितता– अरूले देख्ने, अख्तियारले नदेख्ने !’ मालपोत कार्यालयको मूल्यांकनभन्दा १७ गुणासम्म महंगो जग्गा खरिद गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

अन्नपूर्ण पोस्टले पनि प्रधानमन्त्री ओलीले राराबाट गरेको सम्बोधनलाई प्रमुखताका साथ प्रकाशित गरेको छ ।  प्रधानमन्त्री डुंगामा सयर गर्दै गरेको तस्बिरसहितको समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ ।

त्यसैगरी विकास साझेदारले नेपाललाई झुक्याएको विषयमा अन्नपूर्ण पोस्टमा मेनुका कार्कीले समाचार लेखेकी छन् । समाचारमा लेखिएको छ – विकास साझेदारहरूले नेपाललाई झुक्याएका छन् । स्विटजरल्यान्ड, जर्मनी, जापानलगायतका द्विपक्षीय विकास साझेदारहरूले नेपालको विकास निर्माणमा सहयोग गर्न ऋण तथा अनुदान सम्झौता गरे पनि प्रतिवद्धताअनुसार रकम प्रदान गरेका छैनन् ।’

राजधानी दैनिकले कम्युनिस्ट एकता सुस्ताएको विषयमा समाचार प्रकाशित गरेको छ भने प्रधानमन्त्री ओलीले राराबाट गरेको सम्बोधनलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता सुस्ताएको राजधानीमा प्रकाशित समाचारमा उल्लेख छ ।

त्यसैगरी राजधानीमै पहिलो पृष्ठमा प्रकाशित समाचारअनुसार नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशनको माग गर्दै आएका कांग्रेस युवा नेता ‘अर्ली महाधिवेशन’बाट पछि हटेका छन् । उनीहरुले पहिले महासमिति बोलाउनुपर्ने धारणा राख्दै आएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले प्रधानमन्त्रीको रारा सम्बोधनलाई अन्य पत्रिकाले जति स्थान नदिए पनि पहिलो पृष्ठमा एक कोलमको समाचार प्रकाशित गरेको छ । नयाँ वर्षमा काठमाडौंमा आयोजित सांगीतिक महोत्सवको तस्बिर नागरिक दैनिकले पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

नागरिक दैनिकले पनि महालेखा परीक्षकको प्रतिवेदनका आधारमा स्थानीय तहमा अर्बौं अनियमितता भएको समाचार प्रकाशित गरेको छ ।

त्यसैगरी नागरिकले शिक्षाका नाममा भइरहेको व्यापार सम्बन्धी अर्को समाचार लेखेको छ । ‘वार्षिक शुल्कबाट आठ अर्ब’ शीर्षकमा नागरिक दैनिकले लेखेको समाचारमा भनिएको छ – उपत्यकाका निजी विद्यालयले विद्यार्थीको वार्षिक शुल्कबाट मात्रै आठ अर्ब रुपैयाँ असुलेका छन् ।’ त्यसरी असुलिएको रकम सदुपयोगबारे राज्यले अनुगमन गर्नुपर्ने आवाज निजी विद्यालय सञ्चालक तथा निजी विद्यालयका शिक्षकहरूले उठाउन थालेका छन् ।

नागरिक दैनिकको पहिलो पृष्ठमै प्रकाशित अर्को समाचार शीर्षक रहेको छ ‘सरकारभित्रै जनसत्ता विवाद’ । दाङ र रुकुमबाट लेखिएको समाचारमा भनिएको छ – माओवादीले द्वन्द्वकालीन समयमा खडा गरेको कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ । कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखतलाई लिएर विवाद चर्किएको हो ।

नयाँ पत्रिका दैनिकले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्याउन सांसदहरुले सरकारसँग माग गरेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । समाचारमा भनिएको छ – उनीहरूले कार्यक्रमअन्तर्गत यसअघि छुट्याएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्याउन दबाब दिएका हुन् ।

नयाँ पत्रिका दैनिकले अमेरिकी नेतृत्वमा सिरियामा भएको हमलासम्बन्धी समाचारलाई पनि पहिलो पृष्ठमा विशेष स्थान दिएको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्रीको राराबाट भएको सम्बोधनको तस्बिरसहितको समाचारलाई विशेषरूपमा प्रकाशित गरेको छ । त्यसैगरी प्रधानमन्त्रीले विद्यार्थी भर्ना अभियानमा एक जना विद्यार्थीलाई स्कुलमा भर्ना गरेको समाचार पनि पहिलो पृष्ठमै प्रकाशित छ ।

दृष्टिकोण र विचार 
 

यस्तो होस् २०७५ शीर्षकमा नागरिक दैनिकमा सम्पादक गुणराज लुइँटेल लेख्छन् – प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको थालनी आशाप्रद ढंगले सुरु गरेका छन् । अहिलेको अपेक्षा यसले निरन्तरता पाओस् भन्ने नै हो ।’
उनको विचारमा थप भनिएको छ – विशेषगरी शक्ति दलालहरूले प्रधानमन्त्री, मन्त्रीहरुलाई प्रभावमा पारेर आफ्नो स्वार्थसिद्ध गर्ने गरेको देखिएको छ ।’

अन्नपूर्ण पोस्टमा नेपालका लागि पूर्व भारतीय राजदूत राकेश सुदको भारतीय पत्रिका द हिन्दुमा प्रकाशित लेखको भावानुवाद प्रकाशित छ । नेपालसँग नयाँ सुरुवात शीर्षकमा सुदको लेखमा भनिएको छ– नेपाली राष्ट्रियताले छरेको भारतविरोधी भावनालाई परिवर्तन गनृुपर्ने भन्ने बुझ्न ओली सक्षम छन् । भारत भ्रमणको परम्परालाई कायम राखेर उनले त्यस्तै परिवर्तनको संकेत दिएका छन् । त्यस्तै भारतमा पनि नेपालसँगको सम्बन्धमा नयाँ सुरुवात गर्नुपर्छ भन्ने बोध विकास भइहेछ ।’

समाजवादी सत्ताको सतही सुरुवात शीर्षकमा आजको कान्तिपुरमा विष्णु सापकोटाको दृष्टिकोण प्रकाशित छ । समाजवाद उन्मुख संविधान लागु गर्न बनेको कम्युनिस्ट सरकारको कुनै छुट्टै मूल राजनीतिक चरित्र छ कि छैन ? भने सापकोटाले प्रश्न गरेका छन् ।

सम्पादकीय 
 

अनियमितताको तस्बिर शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा जताजतै भ्रष्टाचार र अनियमितता व्याप्त रहेको जुन तथ्य महालेखाले सार्वजनिक गरेको छ, त्यसैका आधारमा भ्रष्टाचारमा संलग्नहरूमाथि कारबाही गर्नेदेखि उनीहरुबाट रकम असुलउपर गर्नुपर्ने देखिन्छ ।’

फेरि गलत अभ्यास शीर्षकमा सम्पादकीय लेख्दै नयाँ पत्रिकाले भनेको छ–प्रधानमन्त्रीले प्रदेश सरकारलाई निर्देशन दिनुले संघीय प्रणालीलाई बलियो बनाउनुभन्दा प्रादेशिक सरकारहरु संघीय सरकार मातहतका निकायमा रूपान्तरित हुने जोखिम बढ्दै गएको देखिन्छ ।’

गोरखापत्र दैनिकले नयाँ वर्षको संकल्प समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्ने भन्दै सम्पादकीय लेखेको छ ।

सम्बोधन ‘सम्बोधन होस्’ शीर्षकमा राजधानी दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भाषणमा मिठा शब्द राखेर मात्रै नहुने उल्लेख छ ।

अन्नपूर्ण पोस्टले रारा सम्बोधनको सार्थकता शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ–जुन आत्मविश्वासका साथ ओली प्रस्तुत भएका छन् ती वचन पूरा गर्न त्यही स्तरको गम्भीरताका साथ लाग्नुपर्छ ।’
चिनीमा समस्याको चाङ शीर्षकमा कान्तिपुरले सम्पादकीय लेखेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC