site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकी आक्रमणसामु झुक्लान सिरियाका राष्ट्रपति बशर अल–असद ?
Ghorahi CementGhorahi Cement

बीबीसी । सिरियामा एक वर्षअघि भएको आक्रमणभन्दा ठूलो आक्रमण शनिबार गरिएको छ । त्यसमा पनि एउटा स्थानमा नभएर तीन–तीन स्थानमा । पछिल्लो पटक अमेरिकाले एक्लै सिरियामाथि आक्रमण गरेको थियो भने यसपटक फ्रान्स र ब्रिटेनले अमेरिकालाई साथ दिएका छन् ।

सिरियाका जति स्थानमा पछिल्लो पटक मिसाइल प्रहार थियो यसपटक त्यसको दोब्बरभन्दा बढी स्थानमा यस पटक मिसाइल प्रहार गरिएको छ । कुल मिलाएर यस पटक १२० भन्दा बढी पटक फायर गरिएको छ । 
तर के अमेरिकाले भन्दै आएको जस्तो सिरियामाथि आक्रमण गरेपछि राष्ट्रपति बशर अल–असदले अव रसायनिक हतियार प्रयोग गर्लान् कि नगर्लान् भन्ने प्रश्न भने उब्जाएको छ । 

असदको जित
 

Agni Group

गतवर्ष अप्रिल महिनाबाट सिरियामा सुरु भएको असहज परिस्थिति अहिले नै समाधान भएको देखिँदैन । तर सिरियाको परिस्थितिमा दुईवटा परिवर्तन भएको देख्न सकिन्छ । पहिलो राष्ट्रपति असदको सरकारले आफ्नो लडाईँ असरदार ढंगबाट जितेका छन् । अर्को सिरियाका आम नागरिकहरुलाई डर देखाउने रणनीतिमा फाइदा देखिने शुरु भइसकेको छ । 

असदको सरकारले पूरै सिरियामा शासन नगरे पनि रूस र ईरानको समर्थन पाएका कारण उनलाई तत्काल कोही पनि चुनौती दिने स्थितिमा भने छैन् । तर यस्तो अवस्थामा पनि राष्ट्रपति असद सरकारी मेसिनरी,सरसामान र सामथ्र्यको कमीका कारण सिरियामाथि आफनो नियन्त्रणलाई बिस्तार र प्रमणित गर्न सकिरहेका छैनन् । 

Global Ime bank

रूस र सिरिया
 

यसको एउटा कारण अमेरिका र रूसको आन्तरिक सम्बन्ध बिग्रँदै जानु पनि यसको एउटा कारण हो । विशेष गरी पश्चिमी देशहरुका साथ रूसको सम्बन्ध त्यो हदसम्म बिग्रेको छ कि केहीले यसलाई नयाँ शीत युद्धको पूर्व संकेतका रुपमा हेरिरहेका छन् । सायद यही कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिरियामाथि आक्रमण गरेर असदको सरकारलाई चेतावनी दिन चाहन्छन् र अर्कोतर्फ पनि अमेरिकी कारवाहीलाई यही ढंगबाट हेरिँदैछ । 
के सिरिया झुक्ला वा अडानमा अडिग रहला ? जुट्दै गरेको जनसमर्थनको आडमाÞ के राष्ट्रपति असद सीरियाको अवस्थामाथि पुनर्विचार गर्ने जिम्मेवारीबाट बच्लान् ?

भड्किएका ट्रम्प 
 

अमेरीकाका तर्फबाट यो पूरै घटनाक्रम हेर्दा अवस्था पेचिलो र कयौं कोणबाट चिन्ताजनक पनि लाग्दछ । ट्रम्प प्रशासनले सीरियाको मुद्दामा स्पष्ट धारणा नराखेको पनि अनुमान गर्न सकिन्छ । र अर्कोतर्फ राष्ट्रपति ट्रम्प घरेलु मोर्चामा स्वयम् अनेक अप्ठ्याराहरुको सामना गरिरहेका छन् । 

उनको अतीत उनलाई उल्झनमा पार्न अधिकांश जसो फर्केर ट्रम्प सामु आइदिन्छ । कयौं पटक लाग्छ कि उनी असदको स्थानमा अमेरीकी न्याय प्रणालीमाथि आक्रमण गरिदिन्छन् ।  गत साता विश्व समुदायले सीरियामाथि ट्रम्पको आगामी कदम के हुन्छ भन्ने कौतुहलतामा रहँदा अमेरीकी मिडिया सबै कुरा छोडेर ट्रम्प सामु देखिएका अप्ठ्याराहरु केन्द्रीत गरिरहेका थिए । सीरियामाथि आक्रमण गर्नु पूर्व ट्रम्पको बयानबाजÞी हेर्दा आक्रमण ठूलो हुने अनुमान गरिएको थियो । तर यथार्थमा त्यस्तो हुन सकेन । 

https://www.bbc.com/hindi/international-43772703

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC