site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
युवती हत्याराको प्रहरीमा बयान –‘२ हजारमा बार्गेनिङ, रक्सीले मातेपछि घाँटी थिचेर हत्या’
Sarbottam CementSarbottam Cement

काठमाडौं । चैत २२ गते काठमाडौंको नयाँ बसपार्कस्थित न्यू भुमेश्वर एण्ड अर्जुन पाहुना घरमा एक युवतीको हत्या गरि फरार सल्यानका गोपाल शर्मा पक्राउ परेका छन् । 
आफूसँगै कोठामा लगेर शर्माले चितवन सौराहाकी रिहा अधिकारीको हत्या गरेका थिए । युवतीको घाँटी थिचेर हत्या गरेपछि उनी फरार भएको र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले कञ्चनपुरस्थित गड्डाचौकीबाट उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्श्वराज पोखरेलले बताए ।

यस्तो छ घटना विवरण

२१ गते गोपाल शर्मा रामेछापबाट काठमाडौं आए । उनी रामेछापमा सामान्य काम गर्दै आएका थिए  । अर्को दिन साँझ नयाँ बसपार्कको माछापोखरी क्षेत्रमा उनको भेट रिहासँग भयो ।  दुवैजनाको २ हजारमा रात सँगै बिताउने सहमति भयो । युवतीले होटल आफुले चिनेको भन्दै न्यू भुमेश्वर एण्ड अर्जुन पाहुना घरमा लगिन् । उनीहरु होटलको कोठा नम्बर २०३ मा बसे ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि गोपालले वियर र रिहाले भर्जिन ब्रान्डको मदीरा पिए । रिहा रक्सीले मात्तिएपछि गोपाललाई गाली गर्न थालिन् । प्रहरीसँग गोपालले दिएको बयानमा भनेका छन्–‘रिहा मात्तिएपछि तिम्री आमा र बहिनीसँग रात बिताउ, केटाहरु बोलाएर तिमीलाई मार्छुसम्म भन्न लागिन् । त्यसपछि मैले आफ्नै काखमा राखेर घाँटी थिचेर मारिदिएँ ।’

त्यसपछि गोपाल त्यही राति होटलबाट भागेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार गोपालले मृतक युवतीकै सिमकार्ड लगेका थिए । 

Global Ime bank

युवतीको पहिचान गर्नै गाह्रो
 
प्रहरीका अनुसार मृतक युवतीको वास्तविक नाम रिहा अधिकारी हो कि होइन प्रष्ट हुन सकेको छैन । एसएसपी पोखरेलले भने केही अन्य स्रोतमार्फत मृतकको नाम रिहा र ठेगाना चितवन भन्ने सुनिएपनि उनलाई खोज्न कोही पनि आएका छैनन् । प्रहरीका अनुसार उनको नाम ठेगाना नहुँदा शवको सनाखत समेत हुन सकेको छैन । उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC