site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पञ्जाबको दोस्रो जित, चेन्नई ४ रनले पराजित
Ghorahi CementGhorahi Cement

एजेन्सी । किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ । आइतबार राति भएको खेलमा चेन्नई सुपर किङसलाई ४ रनले हराउदै पञ्जाबले दोस्रो जित निकालेको हो ।

मोहलीस्थित इस विन्द्रा रंगशालामा पञ्जाबले दिएको १९८ रनको ल्क्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन मात्र बनाउन सक्यो । चेन्नईको लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ७९ रनको योगदान गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

Agni Group

विस्फोटक ब्याटिङ गरेका धोनीले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै चेन्नईको लागि अम्बाती रायडुले ४९, रविन्द्र जडेजाले १९ तथा मुरली विजयले १२ रन जोड्दा शेन वाट्सन ११ रनमा पेभेलियन फर्किए । पञ्जाबका एन्ड्रयु जेम्सले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले पुरै २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनाएको थियो । पञ्जाबको उच्च स्कोरमा क्रिस गेलले विस्फोटक ब्याटिङ गरेका थिए । मात्र २२ बलमा अर्धशतक बनाएका गेलले ३३ बलमा ७ चौका र ४ छक्कासहित ६३ रन बनाए । यस्तै लोकेश राहुलले ३७, मायांक अग्रवालले ३० तथा करुण नाएरले २९ रन जोडेका थिए ।चेन्नईका सार्दुल ठाकुर र इमरान ताहिरले समान २ – २ विकेट लिए ।

Global Ime bank

यो जितसँगै पञ्जाबले ३ खेलबाट ४ अंक जोडेको छ । जितसँगै पञ्जाबले दोस्रो स्थानमा उक्लिएको छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको चेन्नई ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिगमा चेन्नईको यो पहिलो हार हो ।
आईपीएलको शीर्ष स्थानमा सनराइजर्स हैदरावाद रहेको छ । हैदरावादले ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक जोडेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC