site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शीर्ष स्थानको युभेन्टस विजयी
Ghorahi CementGhorahi Cement

एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टसले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले साम्प्डोरियालाई ३ – ० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको लागि मारियो मान्डुज्की, बेनेडिक्ट होवेडेस र सामी खेडीराले समान एक एक गोल गरे । पहिलो हाफमा १ – ० ले अघि रहेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्दै सहज जित निकालेको थियो । जितसँगै युभेन्टसले उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

Agni Group

एलिनाज स्टेडियममा खेलको ४५ औं मिनेटमा मान्डुज्कीको गोलबाट युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा हावेडेसले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७५ औं मिनेटमा खेडीराले गोल गर्दै युभेन्टसलाई ३ – ० को सहज जित दिलाए ।

यो जितसँगै युभेन्टसले लिगमा दोस्रो स्थानको नापोलीमाथी ६ अंकको अग्रता बनाएको थियो । युभेन्टसले ३२ खेलबाट ८४ अंक जोडेको छ । नापोलीको ७८ अंक रहेको छ । ४८ अंक जोडेर साम्प्डोरिया लिगको नवौं स्थानमा छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC