site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएसजी फ्रेन्च लिग च्याम्पियन
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रेन्च लिग फुटबल लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको मोनाकोलाई ७ – १ ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई फराकिलो जित दिलाउन एन्जल डी मारिया र जियोभानी लो सेल्सोले समान दुई दुई गोल गरे । यस्तै एडिन्सन काभानी र जुलियन ड्राक्सलरले समान एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो  । साबिकको विजेता मोनाकोका राडमेल फाल्काओले आत्मघाती गोल गर्दा रोनी लोपेसले एक गोल फर्काएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मोनाकोविरुद्ध फराकिलो जितसँगै पिएसजीले मोनाकोलाई १७ अंकले पछि पार्दै उपाधि जितेको हो । योसँगै पिएसजीले छैटौं सिजन फ्रेन्च लिग फुटबलको उपाधि जित्न सफल भएको छ । गतवर्ष भने मोनाकोले पिएसजीलाई पछि पार्दै १७ बर्षपछि लिगको उपाधि जितेको थियो ।

पाँच खेल अघि नै फ्रेन्च लिगको उपाधि जित्ने क्रममा पिएसजीले ३३ खेलबाट ७८ अंक जोडेको छ । पराजित मोनाकोको ७० अंक रहेको छ । लिगमा तेस्रो स्थानको लियोनको ६६ अंक छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC