site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
एकतामा थप अन्योल : परिवारसहित बिदा मनाउन दाहाल सुकुटे रिसोर्टमा 
Sarbottam CementSarbottam Cement

दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ । यो समाचार आजको नागरिक दैनिकमा मणि दाहालले लेखेका छन् । नागरिक दैनिकमा दुई कोलममा प्रकाशित समाचारमा भनिएको छ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महत्त्वपूर्ण वार्ता स्थगित गरेर परिवार लिएर बिदा मनाउन हिँडेपछि दुई पार्टीबीच आगामी ९ गते हुने भनिएको एकता अन्योलमा परेको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशको तीनदिने भ्रमण सकेर काठमाडौं फर्केलगत्तै अध्यक्ष दाहाल परिवारसहित आराम गर्न सिन्धुपाल्चोकको सुकुटेतर्फ लागेका छन् ।

अन्नपूर्ण पोस्टले पनि यो समाचारलाई विशेष प्राथमिकतामा राखेर प्रकाशित गरेको छ । ‘दाहाललाई आफ्नैको दबाब, तनाव छल्न छैटौं पटक सुकुटेमा’ शीर्षकमा पोस्टमा प्रकाशित समाचारमा लेखिएको छ – भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ । राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गर्छन् । यसपटक पनि दाहाल तनाव साम्य पार्न आइतबार सुकुटे पुगेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चिरञ्जीवी ढुंगाना र नरेन्द्र साउदले लेखेको समाचारमा एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्रका नेताको तीव्र दबाब छ । एकीकरण हुँदा सैद्धान्तिकरूपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष त छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिबेला सबैभन्दा ठूलो दबाब नेता व्यवस्थापनमा परेको छ । 

अन्नपूर्ण पोस्टले दाहाल सुकुटे बीच रिसोर्ट पुगेको र पछिल्ला घटनाक्रमको टाइमलाइनसहितको समाचार प्रकाशित गरेको छ । 

Global Ime bank

कान्तिपुर दैनिकले भने यस समाचारलाई त्यति महत्त्व दिएको देखिँदैन । नयाँ पत्रिका दैनिकले तेस्रो पृष्ठमा सानो समाचार प्रकाशित गरेको छ । यही वैशाख ९ गतेको एकता घोषणा अन्योलमा प्रधानमन्त्री ओली फर्किए, प्रचण्ड सुकुटे पुगे भन्ने समाचार नयाँ पत्रिकामा छापिएको छ ।

राजधानी दैनिकले ‘अनुपातमा अल्झियो एमाले–माओवादी एकता’ शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । गोरखापत्र दैनिकले पनि ‘सर्दै एमाले माओवादी एकता’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ ।

अन्य समाचार 

आजको कान्तिपुर दैनिकले सबैको ध्यानाकर्षण गराउने समाचारलाई विशेष प्राथमिकतामा प्रकाशित गरेको छ ।‘अपांगता भएकाले पढ्न नपाउने ?’ शीर्षकमा तस्बिरसहितको बक्स समाचार कान्तिपुरले पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

गणेश राईले लेखेको समाचारमा भनिएको छ – प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिकालाई भर्ना गराउन राराताल किनारमा भेला पारेको थियो । तीमध्ये एक थिए, छायानाथ धारा नगरपालिका–६ का अपांगता भएका सात वर्षीय पुन्नबहादुर कुलाल ।

प्रधानमन्त्री र मन्त्रीले १५ जनालाई पायक पर्ने विद्यालयमा भर्ना गराए । ६ वर्षीया थिल्नेसाङ तामाङलाई प्रधानमन्त्री ओलीले बुद्ध माविमा भर्ना गरे । 

छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्दै उनले तामाङलाई पोसाक र पुस्तकसमेत प्रदान गरे । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमै छेरिङ छेन्तोम लामालाई भर्ना गराइन् । तर, कार्यक्रममा ल्याइएका कुलाललाई कसैले भर्ना गरेनन् । कारण थियो, अपांगता । अपांगता भएका विद्यार्थीलाई पढाउने विद्यालय मुगुमा छैन ।

विद्यालयमा उनलाई आवश्यक पर्ने संरचना नभएकाले भर्ना गर्न नसकिएको शिक्षामन्त्री पोखरेलले बताए । कक्षा १ देखि ८ सम्म विद्यालयबाहिर रहेका ३ लाख १३ हजार विद्यार्थीमध्ये कर्णाली प्रदेशमा मात्रै २२ हजार छन् ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

त्यसैगरी कान्तिपुर दैनिकले चीनसँगको सम्झौता अलमलमा परेको विषयलाई आज उठान गरेको छ ।

कान्तिपुरको पहिलो पृष्ठमा प्रकाशित अर्को समाचारे छ – ५ वर्षपछि फर्कियो ‘ध्रुवे’ । पाँच वर्षअघि चितवन निकुञ्जबाट गायब भएको धु्रवे हात्ती आइतबार अचानक निकुञ्जकै पश्चिम सुखीभार जंगलमा देखिएको छ । समाचारअनुसार पहिलेभन्दा बिल्कुल फरक स्वभावमा । 

नागरिक दैनिकले रीतविपरीत सेनालाई हेलिकप्टर खरिद शीर्षकमा समाचार प्रकाशित गरेको छ । महालेखा परीक्षकले अनियमित ढंगले हेलिकप्टर खरिद प्रक्रियामा संलग्न पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको नागरिकको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकले ३ लाख सुत्केरी स्वास्थ्य संस्थाबाहिरै भन्ने शीर्षकमा आज मुख्य समाचार प्रकाशित गरेको छ ।

दृष्टिकोण र विचार 
रासायनिक तथा जैविक सुरक्षा शीर्षकमा आजको नागरिक दैनिकमा डा. निरञ्जन पराजुलीको विचार प्रकाशित छ । विचारमा भनिएको छ–महिलाले प्रयोग गर्ने विदेशी ब्रान्डेड कम्पनीका सौन्दर्य सामग्रीमा पनि हानिकारक रासायनिक पदार्थ लिड र मर्करीको अवशेष भेटिएको विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।

कान्तिपुर दैनिकमा ‘कहिले धु्रवीकरण, कहिले एकीकरण’ शीर्षकमा कृष्ण पहाडीको दृष्टिकोण रहेको छ । सत्ता र दलमा भनेजस्तो भाग नपाएपछि माओवादी गुरु मोहन वैद्य हतारिएर, डा. बाबुराम भट्टराई बटारिएर र विप्लव उत्ताउलिएर बाहिरिएपछि प्रचण्डलाई हाइसञ्चो भएको देखिन्छ ।

समृद्धिको सम्भावना शीर्षकमा अन्नपूर्ण पोस्टमा डा. गोविन्द बहादुर थापाको विचार प्रकाशित छ । लेखमा सबै सम्पदाको व्यवस्थित उपयोग गर्न सकेमा समृद्धि प्राप्त गर्न केही गाह्रो नभएको उल्लेख छ ।

सम्पादकीय 

रारा घोषणाको धरातल शीर्षकमा सम्पादकीय लेख्दै नागरिक दैनिकले भनेको छ–प्रधानमन्त्रीले दिएको निर्देशनलाई कार्यान्वयनमा उतार्न तत्पर हुन सक्ने व्यक्तिहरुले जिम्मेवारी पाए भने अवश्यै उनको रारा घोषणाबाट आएका समस्या समाधान हुनेछ ।

कान्तिपुर दैनिकले सम्पादकीयमार्फत अख्तियारको ध्यानाकर्षण गराएको देखिन्छ । अख्तियारको उदेकलाग्दो मौनता शीर्षकमा भनिएको छ – राज्यका यति धेरै निकायले आर्थिक अनियमितता भएको ठहर गर्दा पनि जिम्मेवारपूर्ण अख्तियार भने न यथाशीघ्र विस्तृत अनुसन्धान टुंग्याएर मुद्दा चलाउन तम्तयार देखिन्छ न आफ्नो अनुसन्धानमा कहाँ समस्या भइरहेको छ भनेरै सार्वजनिक गर्छ ।

किन आउँछन् शव ? शीर्षकमा अन्नपूर्ण पोस्टमा सम्पादकीय प्रकाशित छ । विदेशगमनसँगै दिनहुँ आउने तीन युवाको शव भयानक तस्बिर भएको पोस्टको सम्पादकीयमा उल्लेख छ ।
नयाँ पत्रिका दैनिकले सांसदको अनुचित माग शीर्षकमा सम्पादकीय लेखेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC