site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकार खोज्छ विद्यार्थी, विद्यार्थी खोज्छन् कन्दमूल
Ghorahi CementGhorahi Cement

चितवन । नयाँ वर्षसँगै चितवनका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । सरकारले नयाँ शैक्षिक वर्षमा विद्यार्थी खोज्ने अभियान थाल्दै गर्दा चितवनका कतिपय गाउँका बालबालिका भने जंगली कन्दमूल  खोज्न व्यस्त छन् ।

चितवनको दुर्गम पहाडी क्षेत्र सिद्धिको पाइमाराङलाई कालिका नगरपालिकाले समेटेको छ । नगरपालिका बने पनि सीमान्तकृत अधिकांश चेपाङ बालबालिकाले अझै विद्यालय देख्न पाएका छैनन् ।

कालिका–१०, सिद्धिस्थित पाइमाराङको रोङ्यो भीरमा ६६ वर्षीय शेरबहादुर चेपाङका चार छोरा र चार छोरी छन् ।

Agni Group

आठ सन्तानमध्ये जेठो सन्तानबाहेक अरु कसैले पनि साक्षर हुने मौका नै पाएनन् । अहिले उनै शेरबहादुरका पाँच नातीनातिना र एक छोरी विद्यालय जाने उमेरका छन् । तर, विद्यालय टाढा र खानेकुरा नभएकै कारण उनीहरु विद्यालय जानबाट वञ्चित छन् ।

शेरबहादुरको सम्पतिका नाममा एकधूर जग्गा पनि छैन । उनले भीरपाखा र खोरिया बारी फाँडेर लगाएको खेतीले जेनतेन परिवारको गुजारा चलाएका छन् ।शेरबहादुर भन्छन्, “खेतीले तीन महिनाभन्दा खान पुग्दैन । बाँकी नौ महिना जंगली कन्दमूल र ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको छु ।”

Global Ime bank

चेपाङका लागि यो समय अनिकालको समय हो । अहिले उनको परिवारले पनि अनिकालको सामना गरिरहेको छ ।

यहाँका चेपाङ बालबालिका विद्यालय जान तीन घण्टा पैदल उकालो–ओरालो बाटो हिँड्नुपर्छ । कि आधारभूत विद्यालय नान्दार जानुपर्छ वा आधारभूत विद्यालय निबुवाटारसम्म आइपुग्नु पर्छ । दुवै विद्यालयको दूरी टाढा भएकाले उनीहरुको पढ्ने रहर अधूरै भएको छ ।

शेरबहादुरलाई आफ्नो सन्तान विद्यालय जाऊन् भन्ने चाहना छ । तर, विपन्नताको जाँतोमा पिल्सिँदा दिनभरी बालबालिकालाई कन्दमूल खोज्न जंगल पठाउनुको उपाय केही छैन ।

उनी भन्छन्, “बच्चालाई स्कुल पठाउन मन छ । के गर्नु घरमा हातमुख जोर्ने अन्न छैन । भोकभोकै केटाकेटी विद्यालय जान मान्दैनन् ।”  चेपाङ समुदायको दुर्गान्त नियतिबारे चेपाङ अभियन्ता केपीकिरण शर्मा भन्छन्, “शेरबहादुरको परिवार एउटा उदाहरणमात्र हो । अझै चितवनका विकट चेपाङ गाउँमा थुप्रै चेपाङ बालबालिकाहरु विद्यालय शिक्षाबाट वञ्चित नै छन् ।”

चितवनको कविलास, दाहाखानी, चण्डिभञ्ज्याङ, दारेचोक, काउले, सिद्धि, कोराक र लोथरजस्ता उच्च पहाडी भेगमा चेपाङ जातिको विशेष बसोबास रहँदै आएको छ । नेपाल चेपाङ संघ, शिक्षा विभाग प्रमुख तिलक चेपाङ भन्छन्, “सरकारले खाने, बस्ने सुविधासहित पढाउने व्यवस्था नगरेसम्म चेपाङ बालबालिका विद्यालयबाहिर नै रहनेछन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC