site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विद्यायलयले शुल्क लिएपछि त्यस वापत दिने सेवाको औचित्य पुष्टि गर्नुपर्छ 
Ghorahi CementGhorahi Cement

नयाँ वर्ष २०७५ को सुरुवात देखि नै देश विद्यालय भर्ना अभियानमा छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयहरुले लिने चर्को शुल्कको व्यापक चर्चा चल्ने गरेको छ ।
यसवर्ष पनि संचारमाध्यमहरुमा अचाकली शुल्क लिने केही विद्यालयहरुको नामसहित समाचारहरुले प्राथमिकता पाएका छन् । 
किन विद्यालयहरुले अहिले चर्को शुल्क लिइरहेका छन् ? सामान्य जिवन यापन गर्नेका छोराछोरीले शिक्षा लिनै नपाउने अवस्था किन बन्दैछ ? लगायतका विषयमा निजी विद्यालय लिटिज एन्जल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मासँग बाह्रखरीका लागि विजेता चौधरीले गरेको कुराकानी । 


यहाँ प्रधानाध्यापक रहेको विद्यालय लिटिल एन्जल्स पनि महंगो विद्यालयभित्रै पर्छ । शुल्क किन यति मंहगो ?

होइन । केही स्कुलहरु अचाकली महँगो छन् र तिनीहरुले चर्को शुल्क लिने गरेका रहेछन्, त्यो उनीहरुको कुरा हो । तर ति स्कुलहरुले चर्को शल्क लियो भनेर आउने समाचारहरुमा प्रत्येक दिन जसो हाम्रो स्कुलको नाम पनि जोडिएर आउँछ । यो कुरामा मेरो आपत्ति छ । भ्रम चिर्नुपर्ने अवस्था नै आएको छ ।

Agni Group

हाम्रोमा पुरानो विद्यार्थीका अभिभावकलाई शुल्कको विषयमा थाहा छ तर नयाँ भर्नाका लागि आउने अभिभावकमा भ्रम सृजना हुने गरेको छ ।

महँगो शुल्क लिने स्कुल र एलएको शुल्क दाँजेर नै अनुमान लगाउन सकिन्छ । हामीले चर्को वा सर्वसाधारणले तिर्न नसक्ने गरी शुल्क निर्धारण गर्ने गरेका छैनौ ।

Global Ime bank

ठुला र नाम चलेका स्कुलहरुको टार्गेट विद्यार्थी समूह हुन्छ, तपार्इँको स्कुलको पनि त्यस्तै होइन र  ?

हामीले भर्नालाई टार्गेट गरेका छौं । आम नागरिकलाई फोकस गुर्न नै हाम्रो सुरुदेखिको उद्देश्य रहेको छ । हामी यत्तिकै स्थापित स्कुल भएको होइन, भौतिक र विद्यार्थी संख्याको आधारमा पनि ठुलो र एकेडमीको हिसाबले उत्कृष्ट विद्यालय हो । एलएमा ७७ जिल्लाका विद्यार्थी छन् । सबैले गुणस्तरीय शिक्षा पाउँन् भनेर नै शुल्क पनि अत्यन्तै तल राखेर पढाइमा राम्रो परिणाम दिने हाम्रो प्रतिवद्धता रहेको छ । र त्यसमा सफल हुँदै आएका पनि छौं । 

यस वर्ष वार्षिक र मासिक शुल्कमा कति वृद्धि गर्नु भयो  ?

हामी एक मात्र स्कुल हौं, जसले यस वर्ष वार्षिक शुल्क नबढाउने घोषणा गरेका छौं । ०७५ को लागि हाम्रो पछिल्लो वर्षको शुल्क नै कायम छ । हाम्रो स्कुलमा तीन प्रकारका विद्यार्थीहरु छन् । एउटा विहान ९ बजे आएर तीन बजे जाने जसकोलागि न्युनतम शुल्क निर्धारण गरेका छौं । न्युुनतम शुल्क सबै विद्यार्थीको लागि समान छ । त्यस्तै छात्राबासमा बस्ने र दिवा छात्रावासमा बस्नेको लागि सुविधा लिए अनुसारको अतिरिक्त तिर्नुपर्ने हुन्छ । त्यो ऐच्छिक हो ।

न्युनतम शुल्क दर के कति रहेको छ  ?
 

हाम्रो न्युनतम मासिक शुल्क कक्षा १ देखि ३ सम्मको समान रहेको छ, ४ हजार ६ सय । त्यस्तै ४ देखि कक्षा ५ सम्म ४ हजार ९ सय । कक्षा ६ देखि ७ सम्मको एउटै शुल्क निर्धारण गरेका छौं ५ हजार २ सय ५० र कक्षा ८ देखि १० लाई ५ हजार ६ सय निर्धारण गरेका छौं । बस, खाजा, खाना र दिवा छात्राबास तथा छात्राबासको सेवा लिनेले अतिरिक्त शुल्क सेवा लिए वापत तिर्नुपर्ने हुन्छ ।

बार्षिकको क्रमशः कक्षा १ देखि ५ कक्षासम्म ६ हजार ३ सय निर्धारण गरेका छौं । भर्ना र रजिष्ट्रेशन १ देखि ५ लार्य ७ हजार ५ सय रहेको छ । त्यस्तै कक्षा ६ देखि ७ लाई वार्षिक ८ हजार ३ सय र भर्ना तथा रजिष्ट्रेशन १० हजार रहेको छ । त्यसैगरी कक्षा ८ देखि १० लाई वार्षिक  ९ हजार ३ सय र भर्नालगायत १० हजार तिर्नु पर्ने हुन्छ ।

भर्ना शुल्क थोरै देखाएर अतिरिक्त शुल्कमा ढाड सेकाउने होला नि ? कैयौं विद्यालयहरु त्यस्ता पनि छन् !
 

अतिरिक्त शुल्क भनेको सुविधाका आधारमा तिर्ने हो । अन्य स्कुलको नीति होला तर हामीले वार्षिक शुल्क शिक्षा नियमावलीले तोकेको र यो यो शीर्षकमा यति शुल्कमात्रै लिने भने पछि त्यत्तिमात्रै लिने हो । हाम्रोमा नृत्य, कला र खेललगायतका शुल्क एक पटक वार्षिक रुपमा लिएपछि पुनः कुनै शिर्षकमा लिने चलन छैन । शुल्क बढेन भने वार्षिक शुल्क पनि हामीले बढाउँदैनौ । 

शिक्षा नियमावलीले तोकिदिएको नियम विपरितसमेत शुल्क बढाउने प्रचलन छ, यस विषयमा के भन्नुहुन्छ ?
 

सबैले आफ्नो विद्यालयको शुल्क तोक्न पाउँछ, त्यो तोक्ने अधिकार विद्यालयलाई छ तर त्यसको औचित्यको पुष्टि पनि हामीले गर्नुपर्छ । हामीले शुल्क लिइसकेपछि त्यस वापत दिने सेवाको औचित्य पुष्टि गर्नु पर्छ । होइन भने विद्यार्थी टिकाइरहन र विश्वसनियता बनाइ राख्न संभव हुँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC