site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजारामको सम्धीबन्दै चलचित्रमा डेब्यू गरे मनोज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्तम्भकार एवं कमेडियन मनोज गजुरेल चलचित्रमा डेब्यू गरेका छन् । ‘सयकडा दश’ मार्फत उनी चलचित्रमा डेब्यू गरेका हुन् । अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्रमा स्वागत गरे । 

गजुरेल मुख्य भूमिकामा रहेको चलचित्र‘सयकडा दश’ छायांकन सोमबारदेखि सुरु भएको छ । बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको छायांकन गरियो । 

Prabhu Bank
Agni Group
NIC Asia

“डेब्युका लागि उपयुक्त चलचित्रको पर्खाइमा थिएँ,” गजुरेलले भने, “म कमेडी विधाकै भएपनि मेरो विचारमा फिल्मको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि ।”

अभिनेता पौडेलले गजुरेललाई घरेलु फिल्मले ‘महान’ अभिनेताको रुपमा पाउने बताउँदै उनको क्षमताको प्रशंसा गरे । चलचित्रमा फिल्मभित्र यी दुईजना सम्धीको भूमिकामा प्रस्तुत हुँदैछन् । 

Global Ime bank

निर्देशक रामशरण पाठकले यसपटक सोसल एवं कमेडी ड्रामा निर्देशन गर्दैछन् । “समाजसँग सीधै जोर्डिएको कथावस्तु रहेको चलचित्रले सदाचारको वकालत गर्नेछ” उनले भने, “हामीले यसभित्र प्रेम र भ्रष्टाचारको प्रभाव र अन्तर्सम्बद्ध देखाउन लागेका छौं ।”


अमृत ढुंगाना, करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्ने चलचित्रमा रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानस्वी निरौला लगायत छन् । 

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ । गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC