site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तातोपानी नाका खुलाउन पहल, पुराना सम्झौताको समीक्षा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग जोडिएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग अनुरोध गर्ने बताएका छन् । पाँचदिने चीन भ्रमणमा जानुअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले अरनिको राजमार्ग आसपासका नागरिकको जीवनसँग जोडिएको र नेपाल–चीनको सीमापार व्यापारसम्बन्धको महत्त्वपूर्ण हिस्सा बनेको तातोपानी नाका खुलाउन प्रयत्न गर्ने बताए ।

त्यस्तै बुढीगण्डकी परियोजनाका विषयमा भने सरकारले अध्ययन गरिरहेको उनको भनाइ थियो । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत परियोजना चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) ले ठेक्का पाएको थियो । तर, देउवा नेतृत्वको सरकारले उक्त सम्झौता रद्द गरेको थियो ।

“बुढीगण्डकीको विषय अहिले भ्रमणको एजेन्डामा छैन,” ज्ञवालीले प्रष्ट्याए, “पूर्ववर्ती सरकारले गरेका निर्णय हामी अध्ययन गर्दैछौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

क्रस बोर्डर ट्रान्समिसन, पारवहन र पूर्वाधारका विषयमा छलफल

क्रस बोर्डर ट्रान्समिसन, पारवहन र पूर्वाधारका विषय भ्रमणका एजेन्डा रहेको ज्ञवालीको भनाइ थियो । 

Global Ime bank

क्रस बोर्डर ट्रान्समिसन लाइनमा केरला र रसुवागढी नाकाको सम्भाव्यता अध्ययन भइरहेको बताउँदै मन्त्री ज्ञवालीले पारवहन सम्झौतामा भएको प्रगतिको समीक्षा गरिनेसमेत जानकारी दिए । त्यस्तै पूर्वाधारमा सडक, रेल्वे लगायतका विषय छलफल हुने उनले बताए ।

प्रधानमन्त्रीको भ्रमणको टुंगो छैन
 

सन् २०१८ महत्त्वपूर्ण भ्रमणको वर्ष भएको दोहोर्याउँदै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने भए पनि मितिको टुंगो लागिनसकेको जिकिर गरे । “मैले कार्यभार सम्हालनेबित्तिकै भनेको थिएँ,” उनले भने, “सन् २०१८ महत्त्वपूर्ण भ्रमण वर्ष हो । प्रधानमन्त्रीको उच्चस्तरीय चीन भ्रमण हुन सक्छ तर, मिति तय भइसकेको छैन ।”

उनले द्विपक्षीय हितको सम्वद्र्धन र विकासका लागि भ्रमण केन्द्रित रहेको बताउँदै चीनसँग विगतमा भएको सम्झौता र सहमतिको मिहीन समीक्षा गरिने प्रष्ट्याए । चिनियाँ समकक्षी वाङयिको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँ जान लागेको बताउँदै वाङयिसँग द्विपक्षीय भेटघाट गर्ने ज्ञवालीको कार्यतालिका छ ।

भ्रमणपश्चात दुवैले संयुक्त रुपमा प्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले प्रष्ट्याए । बेइजिङ्ग बसाइको समयमा त्यहाँका उच्च नेतासँग भेटघाटको कार्यक्रम रहेको उनले बताए । बेजिङ्गमा रहँदा चाइनिज थिङ्कट्यांकको राउण्ड टेबल बैठकलाई सम्बोधन गर्ने त्यसपछि सिचुआँन प्रान्तको छेन्दु सहर पुग्न उनले बताए । सिचुआन प्रान्तको उच्च नेतृत्ववर्गसँग भेटघाट र सिचुआन विश्वविद्यालयमा हुने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यतालिका रहेको ज्ञवाली प्रष्ट्याउँछन् । भ्रमण दलमा चीनका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका अधिकारी  र दूतावासका अधिकारी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC