site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मी र जेभियरको लगातार दोस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित हात पारेका छन् ।

सोमबार भएको खेलमा आर्मी ‘ए’ ले बलर्जलाई ७४–५१ ले परजित गर्दै लगातार दोस्रो जित निकालेको हो । आर्मीको जितमा सदीश प्रधानले २४ अंक जोडे । पहिलो क्वाटरमा २६–१४ को अग्रता लिएको आर्मीले दोस्रोमा १६–१८ ले पछि परेको थियो । तर, तेस्रो र चौथो क्वाटरमा अगाडि रहेको आर्मीले क्रमशः १६–६ र १६–१३ अंक जोड्न सफल भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुषतर्फ नै लगातार दोस्रो जित निकाल्ने क्रममा जेभियरले आर्मी ‘बी’ लाई ७४–७२ को साँघुरो अन्तरले हरायो । जेभियरका निकेश मगरले २३ स्कोर गरे ।  सुरुको क्वाटरमा १५–२२ ले पछि परेको जेभियरले दोस्रो र तेस्रो क्वाटरमा अग्रता बनाउदै जित सुनिश्चित गरेको थियो । जेभियरले दोस्रोमा २२–१७ र तेस्रो  २३–१३ स्कोर गर्यो । चौथो क्वाटर आर्मी ‘बी’ ले २०–१४ ले आफ्नो पक्षमा पारेपनि जित हात पार्न सकेन ।

पुरुषमै बुढानीलकण्ठले युनिभर्सललाई ७९–६२ ले हराएको छ । बुढानीलकण्ठका लागि विराज रानाले १७ अंक जोडे । बुढानीलकण्ठले पहिलोमा १५–८, दोस्रोमा २२–१४, तेस्रोमा १२–१८ र चौथोमा ३०–२० को स्कोर गरेका थिए ।

Global Ime bank

महिलातर्फ समृद्ध गोरिल्लाजले आयोजक नेकोसमाथि ४८–५ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का बनाएको छ । समृद्धकी मुना महर्जनले १५ अंक जोडिन् । ३ टोली रहेको समूह ‘बी’ मा लगातार दोस्रो पराजयसंगै नेकोस प्रतियोगिताबाट बाहिरिएको छ । नेकोस अघिल्लो दिन साइपाल एकेडेमीसंग पराजित भएको थियो । नेकोसको हारसँगै साइपाल पनि सेमिफाइनलमा पुग्न सफल भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC