site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आपूर्ति व्यवस्थापन चुस्त बनाउन र उद्योग क्षेत्रको सुरक्षा एवं लगानीमैत्री वातावरण बनाउने विषयमा गृह र रक्षा मन्त्रालयसँग छलफल गरेका छन् ।  

उद्योग मन्त्रालयमा सोमबार भएको छलफलमा औषधि, पेट्रोलियम पदार्थलगायत दैनिक जीवनका अत्यन्त महत्वपूर्ण सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउने विषयमा छलफल भएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री यादवको संयोजकत्वमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा, रक्षा सचिव विष्णुप्रसाद लम्साल, मन्त्रालयका सचिवहरु चद्रकुमार घिमिरे र यमकुमारी खतिवडा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसहित उच्च अधिकारीको सहभागिता थियो । 

सो अवसरमा मन्त्री यादवले रुग्ण उद्योग सञ्चालन गर्ने, औषधिको उत्पादन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानीमा बारम्बार हुने अवरोधका विषयलाई व्यवस्थित गर्न राज्यका सबै निकाय समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  

Global Ime bank

सरकारी उद्योग सञ्चालनका लागि लगानी जुटाउने, त्यसको सुरक्षा गर्ने र बजारीकरण गर्ने विषयमा प्रांप्त भएको सुझावका आधारमा मन्त्रालयले निर्णय लिने स्वकीय सचिव बिष्टले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  २३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC