site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । ३३ किलो सुनकाण्डले चिनिएको घटना नेपाली इतिहासकै डरलाग्दो र रहस्यमय बन्दैछ । माघको पहिलो साता काठमाडौं भित्रिएको भनिएको ३३ किलो सुन भरीयामार्फत एकाएक गायब भएपछि यो घटना सार्वजनिक भएको हो ।

घटनामा जोडिएकामध्ये कसैले आत्महत्या गर्नु र कसैको हत्या हुनुले यो विषय झनै रहस्यमय बनेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् । ३३ किलो सुन प्रकरणमै पक्राउ परेका नेपाल वायु सेवा निगमका कर्मचारी प्रेमराज चौधरीले प्रहरी वृत्त सिँहदरबारको शौचालयममै आत्महत्या गरे । 

उनको मृत्युलाई पनि केहीले आशंकाको रुपमा हेरेका छन् ।  त्यसअघि मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भइसकेको छ । शाक्यको हत्यापछि यो घटना प्रधानमन्त्री कार्यालय हुँदै गृह मन्त्रालयसम्म पुगेको थियो । त्यसपछि गृह मन्त्रालयले छानबिनका लागि सह सचिव ईश्वर पोडेलको नेतृत्वमा समिति बनाएको छ ।

Agni Group

समितिले बयानका लागि बोलाएका चौधरीले अघिल्लो साता प्रहरी वृत्तमै आत्महत्या गरेका हुन् । 

अनुसन्धानमा सहयोग गरिरहेका एक प्रहरी अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “यो ३३ किलो सुन प्रकरण निकै डरलाग्दो बन्दै गएको छ । अहिलेसम्म धेरैजना नै यसमा मुछिएको आशंका छ । कति पक्राउ परिसकेका छन् भने कति खोजीको सूचीमा छन् ।”

Global Ime bank

कसरी रहस्यमय ?
 

प्रहरी अधिकारीकै बयान पनि यस प्रकरणमा झुठ सावित भएको गृह मन्त्रालय स्रोतको दाबी छ । नेपालमा सुन तस्करका नाइके भनेर चिनिएका चुडामणि उप्रेतीको समुहले ३३ किलो सुन युएईबाट नेपाल भित्र्याएको सूचना पहिले प्रहरीलाई आयो । यो सूचना अपराध महाशाखाका अधिकारीलाई थाहा भएको स्रोतको दाबी छ । 

सूचना हुँदाहुँदै पनि प्रहरीले विमानस्थलमा सुन किन समातेन ? यसले गर्दा प्रहरी नै अनुसन्धानको घेरामा परेको स्रोत बताउँछ ।

गृह मन्त्रालय स्रोतका अनुसार यसअघि नेपालमा सुन भित्रिँदैछ है भनेर सूचना दिनेमध्येका एक हुन् चुडामणि उप्रेती ‘गोरे’ । ती अधिकारीका अनुसार अहिले छानबिन समितिले गोरेको प्रहरी अधिकारीसँग कति कुराकानी हुन्थ्यो भन्ने बारेमा अनुसन्धान जारी राखेको छ ।

गोरेले नेपालमा सुन भित्रिँदैछ भनेको केही दिनमै मोरङ उर्लाबारीका सनम शाक्य काठमाडौंबाट फागुन १५ मा एकाएक बेपत्ता भएको खबर महानगरीय अपराध महाशाखामा आएको प्रहरी स्रोत बताउँछ ।
महाशाखाको टोली त्यसपछि आफ्नो उच्च निकाय महानरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई जानकारीसम्म नदिएर विराटनगर लाग्यो । 

त्यसपछि फागुन १८ गते सनम शाक्यको शव फेला धरान क्षेत्रमा फेला पर्यो । तर प्रहरीले शव १९ गते विराटनगर पोखरीया कन्यामार्गमा सार्वजनिक गर्यो । अपराध महाशाखाका एसएसपी दिवेश लोहनीको निर्देशनमा आफ्नो कार्यक्षेत्र मिचेर डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल विराटनगर गएका थिए । 

कसरी आयो ३३ किलो सुनको कुरा ?
 

सुन आधिकारिक रुपमा कति आएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी छैन । तर पक्राउ परेकाहरुको बयानबाट ३३ किलो भएको अनुमान गरिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीका एकजना उच्च अधिकारी भन्छन्, “ल्याएको सुन नभेटिएपछि गोरेले नै प्रहरीलाई सुन हराएको खबर दिए । गोरे र महाशाखामा कार्यरत सइ बालकृष्ण सञ्जेलको आपसमा राम्रो हिमचिम थियो । त्यसैले सुन हराएको सूचना गोरेले बालकृष्णमार्फत महाशाखाका एसएसपीलाई जानकारी गराएको हुन सक्ने आशंका गरेका छौं । यो अझै छानबिनको क्रममा छ ।”

महाशाखाकै झुट !
 

सुरुमा अपराध महाशाखाले सुन केरुङ नाकाबाट आएको सूचना माथिल्लो निकायलाई दिएको स्रोत बताउँछ । तर सुन हवाई मार्गबाट आएको पछिल्लो अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार एसएसपी लोहनीले उपत्यकाका तत्कालीन एआईजी जयबहादुर चन्दलाई सनमको हत्या भएपछि मात्रै सुनकाण्डको बारेमा ब्रिफिङ गरेका थिए ।

कसले गर्यो सनमको हत्या ?
 

सनमको हत्याले कयौं प्रश्न जन्माएको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारी बताउँछन् । एकजना प्रहरी अधिकारी भन्छन्– सनमलाई अपहरण गरेर विराटनगर क्षेत्रमा पुर्याएको सूचना अपराध महाशाखालाई कसले दिएको थियो ? त्यसपछि माथिल्लो निकायलाई जानकारी किन दिइएन ? शव फेला परेको भोलिपल्टसम्म परिवारलाई किन जानकारी दिइएन ? यस्ता विषयको अनुसन्धान हुँदैछ ।”

यो विषयको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । समितिमा एसपी बसन्तकुमार लामा, डीएसपी सुदीपराज पाठक र प्रहरी निरीक्षक भिष्म हुमागाईं सदस्य थिए । तर पछि गृहमन्त्रालयले मन्त्रालयका सह सचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धानको जिम्मा दिएको थियो ।

शाक्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको छ । तर उप्रेती भने पक्राउ परेका छैनन् ।

कार्यक्षेत्र मिचेपछि झनै आशंका 
 

अपराध महाशाखा आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अनुसन्धान गरेपछि झनै आशंका उब्जिएको स्रोत बताउँछ ।

महाशखाको कार्यक्षेत्र काठमाडौं, ललितपुर र भक्तपुर मात्रै हो । योबाहेक अन्य जिल्लामा जानपरे केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली जाने गर्छ । महाशाखा आफैँ जानुपरे उसले सबैभन्दा पहिले महानगरिय प्रहरी कार्यालय रानीपोखरीबाट अनुमति लिनुपर्छ । तर त्यस घटनामा उसले अनुमति नलिएको तत्कालीन एआईजी जयबहादुर चन्द बताउँछन् । 

अहिलेसम्म को–को पक्राउ परे ?
 

सुन प्रकरणमा अहिलेसम्म आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता तथा होटल मनाङका सञ्चालक भोजुङ गुरुङ, थाइ एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री व्यापारी शम्भीरप्रसाद तोलाङे, हेमन्त गौतम, गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन, भारतीय नागरिक महाविर गोल्यान लगायत १९ जनाभन्दा बढी पक्राउ परिसकेका छन् । 

प्रहरी अधिकारी नै अनुसन्धानको दायरमा 
 

सह सचिव पौडेल नेतृत्वको समितिले प्रहरीका एकजना वरिष्ठ अधिकारीसहित तीन जनालाई जिम्मेबारीबाट हटाएर अनुसन्धान गरिरहेको छ । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, नायब उपरीक्षक प्रजित केसी र प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल प्रहरी प्रधान कार्यालय तानिएका छन् । घटनामा संग्लन भनेर पक्राउ परेका कतिपयलाई भने काठमाडौंबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ । 

को हुन् चुडामणी उप्रेती ?
चुडामणी उप्रेती नेपालमा चर्चित सुन तस्कर भएको प्रहरी स्रोतको दाबी छ । पटक–पटक सुन तस्करी प्रकरणमा उनको नाम जोडिने गरेको प्रहरी बताउँछ । यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले २०७३ पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट नजिकबाट साढे ३३ किलो सुन बरामद गरेको थियो । त्यतिबेला भरिया मात्रै पक्राउ परेका थिए । त्यो सुन पनि गोरेकै भएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जानकारीदियो ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC