अर्थ व्यवसाय
काठमाडौं । सोमबार १७ अंकले बढेको सेयर बजारमा मंगलबार पनि क्रमिक सुधार देखिएको छ । कारोबार सुरु भएदेखि नै बढेको सेयर बजार कारोबार बन्द हुन डेढ घण्टा बाँकी छँदासम्म ३२.१५ अंकले बढेको छ ।
बजार हरियाली रहँदा साढे १ बजेसम्म ५६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । आज १२९७ दशमलव ५८ अंकबाट शुरु भएको सेयर कारोबार अझै बढ्ने क्रममा छ । बजारमा अघिल्लो दिन ५७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो ।
यस अवधिसम्म बजारमा १५५ कम्पनीका १० लाख २२ हजार कित्ता सेयर खरिदविक्री भएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५ १३:३६
प्रतिक्रिया दिनुहोस्