site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सहुलियतपूर्ण ऋणमा ५ वर्षअघि चीनसँग साँडे छ अर्बभन्दा बढीमा किनिएका दुई प्रकारका ६ वटै हवाई जहाज बल्ल नेपाल आइपुगेका छन् । यी चिनियाँ जहाज आन्तरिक उडानमा प्रयोग गर्नका लागि किनिएका हुन् । विमानको अभावसमेतले निजी क्षेत्रका हवाई कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न नसकेको ठहर गरी नेपाल वायुसेवा निगमलाई पुनर्जीवन दिन सरकारले चिनियाँ विमान ऋणमा लिइदिएको थियो । यी विमानबाट सडक सुविधा नभएका दुर्गम भेगमा सेवा विस्तार गराउने उद्देश्य थियो । तर, विभिन्न कारणले ती विमान नियमितरूपमा सञ्चालन हुनसकेका छैनन् । मूलतः त्यस्ता विमान उडाउने चालकलगायतको जनशक्ति र मर्मतसम्भारको समस्याले विमान नियमितरूपमा उडाउन नसकिएको निगमले बताउँदै आएको छ । चिनियाँ विमान बिग्रेमा कलपुर्जा ल्याउन धेरै समय लाग्ने र त्यतिन्जेल विमान थन्क्याउनुपर्ने बाध्यता निगमले उजागर गरेको छ ।

व्यावसायिक सम्भावनाको उपेक्षा गरेर विमान खरिद गरिएकाले दुर्गम भेगमा हवाई सेवा पु¥याउने उद्देश्य पूरा भएन । अर्कातिर, यसै पनि आर्थिकरूपमा कमजोर हुँदैगएको नेपाल वायु सेवा निगमको थाप्लोमा ऋणकोे भारी थपियो । नेपालमा व्यवासायिक रूपमा चलाउन नसक्ने चिनियाँ विमान नेपाल वायुसेवा निगमका लागि अभिशाप हुन्छ भन्ने ज्ञान हुँदाहुँदै पनि किनिएका हुन् । सहुलियत ऋणमा विमान पाउने भएपछि अति उत्साहमा किनिएका यी विमान लगभग किनेकै मितिदेखि राम्ररी उडेका छैनन् । चीनमा निर्मित यी विमान खरिद गरेपछि युरोपेली संघले नेपाली विमान सेवालाई नै कालोसूचीमा राखेको छ । सम्बन्धित क्षेत्रका विशेषज्ञले मूलतः चिनियाँ विमानकै कारण युरोपेली संघले त्यस्तो निर्णय गरेको अनुमानसमेत गरेका थिए । यद्यपि, आधिकारिकरूपमा यसमा केही बताइएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको आन्तरिक हवाई सेवामा केही वर्षदेखि निजी क्षेत्रका विमान कम्पनीहरू पनि प्रतिस्पर्धामा छन् । तुलनात्मकरूपमा यस्ता कम्पनी सफल भएका देखिन्छन् । व्यावसायिकरूपमा सफल निजी क्षेत्रका विमान सेवा सञ्चालकले चिनियाँ विमान खरिद गरेका छैनन् । यसले पनि नेपाल सरकार र वायुसेवा निगमका अधिकारीहरूले चिनियाँ विमान व्यावसायिक उडानका लागि उपयुक्त छैनन् भन्ने बुझ्नुपर्ने हो । निजी क्षेत्रकाे एउटा कम्पनीले यस्तै जहाज किनेर चलाउन नसकेपिछ फिर्ता पठाएकाे घटनाबाट पनि सरकारले पाठ सिक्नुपर्ने थियो । सहुलियत ऋणबाहेक घाटामा जाने देख्दादेख्दै चिनियाँ विमान खरिद गर्न अरू केले प्रेरित गर्‍यो भन्ने स्पष्ट हुनसकेको छैन । जेहोस्, चिनियाँ विमान निगमका लागि ’सेता हात्ती’ भएका छन् ।

यी सेता हात्तीलाई व्यावसायिकरूपमा सञ्चालन गर्न सायद सम्भव पनि छैन । यसैले नेपाल वायु सेवा निगमलाई नडुबाउने हो भने यी विमान बनाउने र बेच्ने चीन सरकारकै कम्पनीलाई फिर्ता पठाउनु सबैभन्दा उत्तम उपाय हुनेछ । सुरक्षाकै दृष्टिबाट पनि चिनियाँ विमान भरपर्दा नभएको र बिमा रकम पनि तुलनात्मकरूपमा महँगो समाचार सार्वजनिक भइरहेका छन् । त्यस्ता विमान उडाएर यात्रुको सुरक्षा जोखिममा पार्नु पनि हुँदैन । अतः घाटा बेहोरेर सेता हात्ती पाल्नुभन्दा यो अभिशापबाट छुटकारा पाउने उपाय सोचे नै नेपाल वायुसेवा निगमको हित हुनेछ । व्यावसायिकरूपमा लाभ हुनेगरी उडाउन नसकिने हो भने भने चिनियाँ विमान अभिशाप बन्नेछन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC