site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
वर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी, यसकारण जान चाहँदैनन् कम्पनीमा 
Sarbottam CementSarbottam Cement

यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारले चालेको पहलमा मिडियाले पनि राम्रैसँग साथ दिएको छ । सामाजिक सञ्जालका साथै मूmधारका सञ्चार माधयकहरूमा पछिल्ला दिनमा यातायात क्षेत्रमा भएका बेथिति उजागर र सरकारले गरेको कामको सराहाना गर्दै समाचार, टिप्पणी, सम्पादकीय र विचार प्रकाशित भइरहेका छन् ।

आज प्रकाशित पत्रपत्रिकाले पनि यातायात व्यवसायीले कर नबुझाएर वार्षिक कति रकम ठगी गर्छन् ? किन उनीहरु कम्पनीमा जान चाहँदैनन् भन्ने बारेमा समाचार र  टिप्पणी प्रकाशित गरेका छन् ।

आजको अन्नपूर्ण पोस्टमा उत्तम काप्रीले लेखेको समाचारमा भनिएको  छ – यातायात व्यवस्था समितिलाई गैरनाफामुलक संस्थाका रुपमा दर्ता गरेर सार्वजनिक यातायात सञ्चालन गर्दैआएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्बभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको दाबी छ । अन्नपूर्ण पोस्टले सवारीको सरदर नाफासहितको इन्फोग्राफिक्स बनाएर समाचार तयार पारेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिक दैनिकमा हिमाल लम्सालले लेखेको टिप्पणी पनि पहिलो पृष्ठमा प्रकाशित गरिएको छ । यातायात व्यवसायीहरुले दुई किसिमबाट फाइदा लिइरहेकाले कम्पनीमा जान नचाहने उल्लेख गरिएको छ । पहिलो उनीहरुको व्यवसायमा नाफा निश्चित छ । अर्को, उनीहरुले आर्जन गरेको नाफामा आयकर बुझाउनु परेको छैन । सरकारले सिन्डिकेट खारेज गरेपछि व्यवसायीले यी दुवै फाइदा गुमाउनेछन् ।

हिमालय टाइम्समा लेखनाथ पोखरेलले लेखेको समाचारमा भने व्यवसायीहरु पेट्रोलियम आपूर्ति रोक्ने प्रयासमा रहेको उल्लेख छ भने सरकार झनै कठोर बन्दै गरेको उल्लेख छ ।

Global Ime bank

अन्य समाचार 
 

कौडीको भाउमा बहुमूल्य जडीबुटी शीर्षकमा कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ । कान्तिपुर दैनिकले नेपालीले ३० रुपैयाँमा आफैँले बेचेको सामान २ हजारमा किन्नुपर्ने बाध्यता रहेको समाचारमा उल्लेख  गरेको छ ।
त्यसैगरी कान्तिपुरले विद्यालय तहको सिकाइ स्तर तीन वर्षभन्दा खस्किएको उल्लेख गर्दै समाचार लेखेको छ ।

मकर श्रेष्ठ र सुदीप कैनीले लेखेको समाचारमा शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष गरेको परीक्षणमा २०७० सालको तुलनामा विद्यार्थीको सिकाइ स्तर घटेको पाइएको हो ।

कान्तिपुरको पहिलो पृष्ठमै बेइजिङबाट चेतनाथ आचार्यले लेखेको समाचारमा भनिएको छ – चिनियाँ बुद्धिजीवी एवम् कूटनीतिज्ञहरुले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

नागरिक दैनिकमा पनि चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले द्रूत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामूहिकरुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएको भन्दै पहिलो पृष्ठमै समाचार प्रकाशित गरेको छ । 

फरार दीपक मनाङे पक्राउ परेको विषयमा पनि नागरिक दैनिकले पहिलो पृष्ठमै समाचार लेखेको छ ।

नेपालमा रेलको प्रतिस्पर्धा : को पहिला ? 
 

नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र जीवन बस्नेतले लेखेको समाचारमा नेपालमा उत्तर र दक्षिणका रेल ल्याउने तयारीमा प्रतिस्पर्धामा रहेको उल्लेख छ । समाचारमा दुवै पक्षबाट कति तयारी गरिएको छ भन्ने बारेमा पनि उल्लेख गरिएको छ । दुवैतर्फबाट अझै सम्भाव्यता अध्ययन नै बाँकी रहेको समाचारमा लेखिएको छ ।

राजधानी दैनिकले सहमति पहिल्याउँदै ओली–दाहाल शीर्षकमा समाचार लेखेको छ । दुई नेताले एकताको मिलन बिन्दु पहिल्याउन थालेको समाचारमा उल्लेख गरिएको छ । गोरखापत्र दैनिकले ओली र दाहालबीच भएको भेटवार्तापछि सम्मानजनकरुपमा पार्टी एकता गर्न दुवै अध्यक्ष गृहकार्यमा लागेको भन्दै समाचार प्रकाशित गरेको छ ।

विचार र दृष्टिकोण 
 

आधा भरिएको गिलास शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा अजयभद्र खनालले विचार प्रस्तुत गरेका छन् । विचारमा भनिएको छ– आधा भरिएको गिलासको डिस्कोर्स सामान्य अवस्थामा सकारात्मक चिन्तनको उपज हो । तर, नेपाली राजनीतिको सन्दर्भमा यो डिस्कोर्सले रित्तोपन लुकाउने र जनतालाई गुमराहमा पार्ने प्रयास गरिरहेको छ ।

एकता टरेको होइन, सरेको हो शीर्षकमा नयाँ पत्रिका दैनिकमा झलनाथ खनालको दृष्टिकोण प्रकाशित छ । एकता प्रक्रिया सम्पन्न गर्न जुन गहिराइबाट गृहकार्य गर्नु आवश्यक थियो त्यो हुन नसकेकाले हामीले पार्टी स्थापनाको दिन एकता गर्न सकेनौं । यसको अर्थ एकता टरेको होइन, एकताको मिति सरेकोमात्रै हो ।

आजको कान्तिपुर दैनिकमा श्रीकृष्ण अनिरुद्र गौतमको दृष्टिकोण प्रकाशित छ । सिन्डिकेटविरुद्ध सरकार ! शीर्षकमा प्रकाशित दृष्टिकोणमा भनिएको छ – प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई पक्कै थाहा होला, नेपालको राजनीति नै सिन्डिकेटमा आधारित छ अर्थात प्रतिबन्धकारी छ ।

डा. गोविन्द केसीको दृष्टिकोण पनि आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । भ्रष्टहरु चाहे ती देशका नेता होऊन् वा अन्य पदाधिकारी, उनीहरूप्रति अतिशय क्षमाशील हुन बन्द गर्नुपर्ने उनको दृष्टिकोण छ । 

सम्पादकीय 
 

अध्ययन शुल्कको पीरलो शीर्षकमा आजको गोरखापत्र दैनिकले सम्पादकीय लेख्दै सरकारले शैक्षिक संस्थाले लिइरहेको अनुचित शुल्क रोक्न सक्नुपर्ने धारणा प्रकट गरेको छ । आन्दोलनको गफ शीर्षकमा राजधानी दैनिकले सम्पादकीय लेख्दै सरकार आफैँ सामुदायिक विद्यालयको अवस्था सुधार्न खरो उत्रिन सक्दैन भने विद्यार्थी संगठनले दुई चार दिन कराउनुको खास अर्थ नहुने विचार व्यक्त गरेको छ ।

हिमालय टाइम्सले भर्ना अभियान र अभिभावकत्व शीर्षकमा सम्पादकीय लेखेको छ । अन्नपूर्ण पोस्टले कर्मचारी समायोजनमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै सम्पादकीय लेखेको छ ।

सिंहदरबारको सञ्चार शीर्षकमा नयाँ पत्रिकाले सम्पादकीय लेख्दै टेलिफोनको बिल भुक्तानीमा गरेको लापरवाही र आफ्नै संस्थालाई ठगी गर्ने नेतृत्व र प्रशासन संयन्त्रले देशलाई कता पुर्याउने हो भनी चिन्ता व्यक्त गरेको छ ।
कान्तिपुर दैनिकले राजदूतलाई मापदण्डको खाँचो शीर्षकमा सम्पादकीय लेखेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC