site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अब समाधान होला क्रिकेटको समस्या ? अझै सजग हुनुपर्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसीको सल्लाहकार समितिले बनाएको नेपाल क्रिकेट संघ (क्यान) को नयाँ विधान निर्वाचित क्यानले बिहीबार अनुमोदन गरेको छ । विधान अनुमोदन गरेसँगै क्यान निलम्बन फुकुवादेखि नेपाली क्रिकेटले निकास पाउने सम्भावना बढेको छ ।

करिब २ वर्षदेखि निलम्बनमा रहेको क्यानको फुकुवा नजिक आएको छ । बिहीबार काठमाडौंमा आईसीसीका प्रतिनिधि अमर शेख र सरकारको उपस्थितिमा निर्वाचित क्यानले विशेष साधारणसभाबाट विधान अनुमोदन गरेपछि अगाडिको बाटो खुलेको हो । विभिन्न शंका उपशंकाका बाबजुद क्यानको विशेषसाधारण सभामा सर्वसम्मत विधान पारित भएपछि क्यानमा देखिएको विवाद अन्त्य हुने सम्भावना देखिएको हो ।

निर्वाचित क्यानका सचिव किरण शमशेर राणाले निर्वाचित क्यान क्रिकेटको विकासमा कहिले पनि बाधक नभएको बताउँदै क्रिकेटलाई निकास दिन विधान सर्वसम्मतिले पारित गरेको बताए । उनले भने “नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा लैजानका लागि जुन गाँठो थियो त्यो फुकाउनका लागि अहिलेको विधान पास गर्नुपर्ने थियो । साथीभाईहरूले पनि ल भनेपछि सर्वसम्मतले पारित भएको हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

क्यानको नयाँ विधान बनाएको सल्लाहकार समितिका संयोजक विनयराज पाण्डेले पनि नेपाली क्रिकेटले अब निकास पाउने बताए । उनले भने “अब निकास निस्किएको छ । अबको यात्रा सबै निश्वार्थ भएर अघि बढ्नु नै हो । पछिल्लो ४–५ वर्ष दिनेको भन्दा लिने धेरै भए । अब फेरि क्यानमा दिनेहरू आउनुपर्छ ।”

सल्लाहकार समितिका संयोजक पाण्डेले थपे “अब पात्र परिर्वतन हुन्छ । पहिले सुरुमा क्यानको कार्यसमिति केन्द्रमा बन्थ्यो । अनि क्षेत्र हुँदै जिल्लामा गठन हुन्थ्यो । अब क्यान जिल्लाबाट बन्ने भयो । जिल्लामा त कोही मान्छे आउन खोज्दैनन् । नचाहिने मान्छेको क्रिकेटमा आउने इच्छा अब घट्छ । जिल्लामा को कस्तो मान्छे भनेर चिन्छन् नि त । जिल्लादेखि नै सक्षम मान्छे छनोट हुनेछ ।”

Global Ime bank

क्यान निलम्बन भएपछि आईसीसीले नयाँ विधान बनाउनका लागि क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेको नेतृत्वमा सल्लाहकार समिति गठन गरेको थियो ।

सचिव राणाले आईसीसीको प्रतिनिधिका रुपमा विशेष साधारण सभामा आएका अमर शेखबाट राम्रो प्रतिक्रिया पाएको पनि बताए । सचिव राणाले भने “उहाँले अब कोलकतामा हुने आईसीसीको मिटिङमा यहाँको उपलब्धीको बारेमा राख्छु भन्नु भएको छ । जुनसम्म क्यानको निलम्बन फुकुवा हुन सक्ने उहाँले आश्वासन दिनुभएको छ ।”

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक साधारण सभा जुनमा हुदैछ । त्यहिबाट क्यानको बारेमा आईसीसीले ठोस निर्णय लिने छ ।

यी कुरामा अझै विवाद देखिन सक्छ
 

क्यानले नयाँ विधान त पारित गर्यो तर विवाद साम्य भईसकेको भने होइन । क्यानले जिल्ला हुदै प्रदेश र केन्द्रमा नयाँ नेतृत्व पाउन अझै बाँकी नै छ । यसबीचको दौरानमा विवाद देखिन सक्ने सरोकारवाला बताउँछन् । 
र निर्वाचित क्यानका पदाधिकारीको अभिव्यक्तिले पनि यो कुरालाई संकेत गरेको छ ।

१ मनिटरिङ कमिटी

क्यानलाई नयाँ नेतृत्व दिन मनिटरिङ कमिटी अबको केही दिनमा गठन हुँदैछ । जसमा ५ सदस्यीय हुनेछन् । आईसीसीबाट ३, राष्ट्रिय खेलकुद परिषद् र निर्वाचित क्यानबाट समान १–१ सदस्य रहनेछन् । यही मनिटरिङ कमिटीले जिल्ला, प्रदेश र केन्द्रको चुनाव गराउनेछ ।

यद्यपी मनिटरिङ कमिटी मै विवाद हुने शंका पनि उब्जिएको छ । किनभने ३ प्रतिनिधि आईसीसीकै व्यक्ति हुनुपर्ने अडान निर्वाचित क्यानको रहेको छ । आईसीसीले नेपालकै कुनै व्यक्तिलाई प्रतिनिधि तोकेको खण्डमा विवाद देखिन सक्ने बताइन्छ ।
निर्वाचित क्यानका सचिव किरण राणा भन्छन्, “मनिटरिङ कमिटिमा आईसीसीकै मान्छे हुनुपर्छ । नेपालको मान्छे हुनुहुँदैन भनेर हामीले आईसीसीलाई भनेका छौ ।”

२ खेलाडी सदस्यता

वर्तमान खेलाडीलाई क्यानको सदस्य बनाउने या नबनाउने भन्ने विषयमा पनि विवाद देखिन सक्ने भएको छ । नयाँ विधानमा खेलाडीको तर्फबाट पनि एक जना सदस्य रहनुपर्ने उल्लेख छ । यो विषयलाई थाँती राख्दै क्यानको विशेष साधारण सभाले विधान अनुमोदन गरेको हो ।

सचिव राणाले भने “२–४ वटा कुराहरूमा हामीलाई मन नहुँदा नहुँदै जस्तो जिल्लाको पुनः निर्वाचन, खेलाडीलाई सदस्यता दिने भन्ने विषयलाई थाँती राख्दै आईसीसीको निलम्बन चाहीँ फुकुवा गर्नुपर्छ भनेर पास गरेको हो ।”

सल्लाहकार समितिले बनाएको क्यानको नयाँ विधान दोस्रो पटक मात्र विशेष साधारण सभाबाट पारित भएको हो । यसअघि गत वर्षको भदौ ६ र ७ गते सल्लाहकार समितिले बनाएको विधान क्यानको विशेष साधारण सभाले अनुमोदनको सट्टा केही बुद्दामा संशोधन गर्दै पारित गरेको थियो । तर आईसीसी झनै रुष्ट बन्दै निर्वाचित क्यानलाई स्पष्टीकरण नै सोधेको थियो ।

यसरी निम्तिएको थियो क्यान विवाद
 

२०७२ साल मंसिरमा क्यानका तत्कालिन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल लगायतका पक्षले क्यानको अधिवेशन आह्वान गरे ।

तर, क्यानकै तत्कालिन अध्यक्ष टंक आङबुहाङ पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्न माग गरे । राखेपले निष्पक्ष र बैधानिक तरिकाले चुनाव नभएको भन्दै पर्यवेक्षक नै पठाएन ।

राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिएपनि क्यानका उपाध्यक्ष चन्द र महासचिव प्याकुरेल पक्षले चुनाव रातारात गराएका थिए । जुन चुनावबाट क्यानको अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वाचित क्यानलाई मान्यता नदिने प्रष्ट पार्यो । 

त्यसको केही दिनमै राखेपले रमेश शिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । क्यान विवादले उग्ररुप लिँदै गर्दा आईसीसीले २०७३ बैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC