site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अवसरको पर्खाइमा दिल्लीको बेन्चमा रहेका सन्दीप
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकपछि अर्को खेलमा नराम्ररी हार बेहोर्दा पनि अवसरकै पर्खाइमा दिल्ली डेयरडेभिल्सकै बेन्चमा छन् नेपालका युवा प्रतिभावान खेलाडी सन्दीप लामिछाने । सन्दीप नेपालका त्यस्ता खेलाडी हुन् जसले अन्तर्राष्ट्रिय स्तरमा आफुलाई माथिल्लो दर्जामा उभ्याउन सफल भइसकेका छन् ।

जारी आइपीएलमा मैदान उत्रिन्छन् कि भनेर लाखौं नेपालीले आशा गरे पनि यसअघि भएका ४ खेलमा उनले अवसर भने पाएनन् । त्यसको मुख्य कारण हो, उनी भन्दा नाम चलेका र अलराउण्ड प्रदर्शन गर्न सक्ने खेलाडी टिममा हुनु नै ।
चर्चित खेलाडी ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, जासन रोय, टे«न्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट जस्ता खेलाडीसँग सन्दीपले प्रतिस्पर्धा गर्नुपरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दिल्ली डेयरडेभिल्सले एक खेलबाहेक अन्य खेलमा बिर्सनलायक प्रदर्शन गरेको गरिरहेको छ । आफुले खेलेको ४ खेलमध्ये १ खेलमा जित र ३ खेलमा हार बेहोरेको दिल्ली आईपीएलको पुछारमा छ ।  शनिबार दिल्लीले आफ्नो पाचौँ खेलमा भारतीय कप्तान विराट कोहली रहेको रोयल च्यालेन्जर्स बेंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ । बेंगलुरुमा बेलुकी ८ बजेर १५ मिनेटमा सुरु हुने खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । 

बेंग्लोरविरुद्धको खेलमा सन्दीप पर्ने सम्भावना पनि  कायमै रहेको छ । किनभने यसअघि भएका खेलहरूमा विदेशी खेलाडी एक खेलमा बाहेक अन्यमा खासै चल्न सकेका छैनन् । त्यसैले पनि सन्दीपले मौका पाउन सक्ने अनुमान खेलप्रेमीहरुले गरेका छन् ।

Global Ime bank

साविक विजेता मुम्बई इन्डियन्सविरुद्धको खेलमा जासन रोयले अविजित ९१ रन बनाउँदा दिल्लीले ७ विकेटको जित निकालेको थियो । उनकै उत्कृष्टतामा दिल्लीले जित हात पारेको थियो । 

दिल्लीका स्पिनरहरू चल्न नसकेको अवस्थामा सन्दीप पर्ने सम्भावना पनि धेरै रहेको छ । भेट्रान खेलाडी अमित मिश्र पहिलो खेलमा खराब प्रदर्शनका कारण बेन्चमै बसेका छन् । उनको सट्टा प्रशिक्षक रिकी पोन्टिङले शहबाज नदिमलाई टिममा समावेश गरेका थिए । उनले पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । ३ खेलमा ३ विकेट लिएका छन् भने उनको इकोनोमी ९.९० मा छ ।

लगातार हारपछि दिल्लीले आफ्नो टिमको बारेमा विश्लेषण गर्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीको विश्लेषणमा सन्दीपले अवसर पाए राम्रो प्रदर्शन गर्न सक्ने पनि उल्लेख गरेको छ ।

यु–१९ विश्वकप ह्याट्रिक विकेट तथा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को प्लेयर अफ द सिरिज समेत भएका सन्दीप नेपालका प्रतिभाशाली खेलाडी हुन् । अवसर पाए दिल्लीलाई खेल जिताउन सक्ने खुबी उनमा छ ।
तस्बिर : दिल्ली डेयरडेभिल्सको वेबसाइटबाट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC