site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘हनिमुन लाइब्रेरी’
Sarbottam CementSarbottam Cement

– वसन्त विवश आचार्य


लाइब्रेरी अर्थात पुस्तकालय भन्नेबित्तिकै हामीले सोझो अर्थमा बुझ्ने गर्छौं— पुस्तकहरूको घर । जहाँ पुस्तकप्रेमीहरू रुचिका पुस्तक पढ्न जान्छन् । तर, ताइवानको यात्राका क्रममा यस्तो पुस्तक घर पनि देखें, जहाँ भर्खरै विवाह भएका जोडीहरूका लागि हनिमुन मनाउने व्यवस्थासमेत गरिएको रहेछ । यतिमात्रै होइन, त्यहाँ ‘डेटिङ लाइब्रेरी’समेत राखिएको छ । पुस्तकालयप्रति मान्छेको अनुराग बढाउनका लागि ताइवानको ‘ताइपेई सिटी लाइब्रेरी’ले विभिन्न कुराको ‘फ्युजन’ गरेको छ ।

ताइवान पुगेको तेस्रो दिन हाम्रो ‘स्पोन्सर’ माइटेक कम्पनीले स्मार्ट पद्धतिबाट सञ्चालन भएका ठाउँ देखाउने कार्यक्रम थियो । ताइवानको प्रविधिमा प्रभावशाली भूमिका खेलेको माइटेकले विश्व बजारमा विद्युतीय डिभाइसका लागि चिप्स निर्माण गर्दोरहेछ । आधुनिकताको जलप लगाएको ताइवान कुनै पनि खोट लगाउन नसक्ने कुनै षोडसीजस्तो थियो । अझ त्यसमा भर्खरै निर्माण गरिएको ‘न्यु ताइपेई सिटी’ आफैंमा सौन्दर्यको बलियो प्रमाण थियो । विकासको उच्च नमुन थियो ‘ताइपेई सिटी’ । चारैतिर समुद्रले घेरा हालेको ताइवानले प्रविधि बेचेर आफूलाई समृद्ध बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हामीलाई बस्नका लागि व्यवस्था गरिएको फुजेन होटलबाट करिब २ घण्टामा ‘न्यु ताइपेई स्मार्ट लाइब्रेरी’मा पुग्यौ । फराकिलो सडक, विलासी गाडी । कतै पनि उकालो–ओरालो नभएका सुन्दर सडक । धनगढीका साथीहरू भन्दै थिए, “गाडीमै खाना खाँदा पनि हुने रहेछ ।”

‘न्यु ताइपेई सिटी लाइब्रेरी’ले त्यति धैरै इतिहास नबोकेको भए पनि व्यापक फैलावट रहेछ । ताइवानका विभिन्न शहरमा शाखा रहेको यो लाइब्रेरी ताइपेई शहरको भव्यताको सूचक हो । नवौं तलासम्म फैलिएको लाइब्रेरी पूर्णतः स्मार्ट रहेछ । माइटेकले प्रविधिको प्रायोजन गरेको रहेछ । प्रविधिकै माध्यमबाट पुस्तक लिन सकिने लाइब्रेरी कुनै डिपार्टमेन्टल स्टोरजस्तो व्यस्त थियो । यसले पनि त्यहाँको पठन संस्कृतिको सूचना दिन्थ्यो । नौ तलामा विभक्त लाइब्रेरीलाई एक घण्टा नियाल्दा स्मार्ट सिटी मात्रै होइन, पुस्तकालयको ग्ल्यामरसका बारेमा पनि धेरै कुरा जान्ने अवसर प्राप्त भयो ।

Global Ime bank

एटीबी

एटीबी अर्थात् ‘एनी टाइम बुक’ । पुस्तकालयको बाहिर नै एटीएम जस्तो मेसिन राखिएको छ, जहाँ लाइब्रेरीले निःशुल्क उपलब्ध गराएको कार्ड राखेपछि पुस्तकहरूको सूची आइपुग्छ । आफूलाई चाहिएको पुस्तकमा क्लिक गरेपछि मेसिनमा सोही पुस्तक आइपुग्छ । लाइब्रेरीभित्र नपसेर बाहिरबाटै पुस्तक लिएर जान सकिन्छ । त्यही मेसिनमा पुस्तकसमेत फिर्ता गर्न सकिँदो रहेछ । अर्को रोचक कुरा के थियो भने यदि पुस्तक धेरै जनाले पढेर फोहोर भएको रहेछ भने नयाँजस्तो बासनादार र सुन्दर बनाउने मेसिनसमेत जडान गरिएको छ । आफूलाई पुरानोजस्तो लाग्ने पुस्तकलाई नयाँ बनाउने मेसिन पनि जडान गरिएको छ ।

\"\"

स्मार्ट टेक्नोलोजी

लाइब्रेरीका हरेक क्रियाकलापमा सहभागी हुन स्मार्ट कार्ड अनिवार्य राखिएको छ । लाइब्रेरीभित्रका कुनै पनि सेवा लिन इजी कार्ड वितरण गरिन्छ, जुन कार्ड निःशुल्क प्रयोग गर्न सकिन्छ । लाइब्रेरीका हरेक कुराहरू स्मार्ट सिटीको अवधारणाबाट निर्माण गरिएका छन् । लाइब्रेरीका हरेक सुविधा निःशुल्क प्राप्त गर्न सकिन्छ । ‘न्यु ताइपेई नगरपालिका’ले सञ्चालन गरेको हुँदा लाइब्रेरीका सबै सुविधा निःशुल्क गरिएका हुन् ।

प्रत्यक्ष भेटघाट

लाइब्रेरीको पाँचौ तलमा अडियो÷भिजुअल लाइब्रेरी छ । त्यहाँ विभिन्न सफल व्यक्तिहरूका जीवनी संगृहीत पुस्तक र भिडियो छन् । आफूलाई जान्न मन लागेका व्यक्तिबारे त्यहाँ गएर भिडियोमा पनि कुराकानी गर्न मिल्ने रहेछ । अर्को रोचक कुराचाहिँ त्यहाँ जीवनी राखिएका व्यक्तिलाई सम्भव भएसम्म त्यहीँ बोलाएर कुराकानी गराउने व्यवस्थासमेत रहेछ । फरक कोठामा भिन्न शैलीमा प्रेरक मान्छेसँगको प्रत्यक्ष भेटघाटका लागि यो लाइब्रेरीले फरक खालको व्यवस्था गरेको छ ।

\"\"

हनिमुन रुम

पाँचौं तलाको एउटा साँघुरो कोठामा ‘हनिमुन रुम’ राखिएको छ । भर्खरै विवाह भएका जोडीहरूका लागि व्यवस्था गरिएको कोठा हो त्यो । हनिमुन भन्नेबित्तिकै हामीले सोझो अर्थमा बुझ्छौं— त्यहाँ पक्कै आरामदायी ओछ्यान होला । तर, त्यो कोठामा त्यस्तो केही थिएन । त्यहाँ त — वैवाहिक जीवन कसरी सफल र व्यवस्थित बनाउने, वैवाहिक जीवन किन असफल हुन्छ, बच्चाको योजना कसरी गर्ने — जस्ता विषयसँग सम्बन्धित पुस्तक र भिडियो पो राखिएका रहेछन् । नवविवाहित जोडीहरूले फरक खालको अनुभूति गरून् भन्नका लागि यस्तो कोठाको व्यवस्था गरिएको कर्मचारीहरूले बताए । हनिमुन लाइब्रेरीमा एकैपटक धेरै विवाहित जोडीले पढ्न पाउँछन् ।

डेटिङ स्पट

लाइब्रेरीको पाँचौं तलामै ‘हनिमुन रुम’सँग जोडिएको ‘डेटिङ रुम’ पनि छ । त्यहाँ प्रेम जीवनको आनन्द लिइरहेका जोडीहरू एक–अर्काबीच प्रेम साटासाट गर्दा रहेछन् । यो कोठामा प्रेमसँग सम्बन्धित फिल्मका साथै प्रेमकै बारेमा लेखिएका विभिन्न आख्यान र गैरआख्यानात्मक कृतिहरू पनि राखिएका छन् । प्रेम जोडीहरूले फरक खालको अनुभूति गर्ने गरी कोठाको सजावटसमेत गरिएको छ । प्रेमबारे विभिन्न जानकारी लिँदै प्रेमपूर्ण वार्तालाप गर्न सहज होस् भन्नका लागि यस्तो कोठाको संयोजन गरिएको त्यहाँका कर्मचारीहरूले बताए । प्रेमका बारेमा खुलेर कुरा गरिने ताइवानको यो लाइब्रेरीमा निकै भीडभाड हुँदो रहेछ । 

रिफ्रेस र मेडिटेसन सेन्टर

विभिन्न कुराले तनावमा परेका मानिसहरू सुस्ताउनका लागि लाइब्रेरीमा रिफ्रेस सेन्टरसमेत बनाइएको छ । सातौं तलामा विभिन्न फूल र बोटविरुवा लगाएर विशेष तरिकाले बनाइएको ठाउँमा बस्दा आराम हुन्छ । यसका साथै ध्यान र योगका लागि पनि फरक कोठा निर्माण गरिएको छ, जहाँ आधुनिक शैलीमा योग र ध्यान सिकाउने मेसिनसमेत राखिएको छ ।

\"\"

विषयगत लाइब्रेरी

लाइब्रेरीमा वृद्धवृद्धाहरूका लागि छुट्टै तरिकाले सजावट गरिएको छ । उनीहरूका लागि कोठा पनि छुट्टै बनाइएको छ । बालबालिकाका लागि पनि फरक तरिकाले सजावट गरिएको छ । उनीहरूले पुग्न सक्ने गरी र्‍याकको निर्माणदेखि पढिसकेपछि रमाउने ठाउँ पनि बनाइएको छ । कयौं अभिभावकहरू बालबालिकालाई खेलाउन पनि त्यहाँ आउने गर्छन् ।

समग्रमा ताइवानको पहिलो, सबैभन्दा ठूलो र नमुना लाइब्रेरी हो यो, जहाँ पुस्तक पढ्नेमात्रै होइन, मानसिक तनाव कम गर्नका लागि मानिसहरू जाने गर्छन् । यो लाइब्रेरीमा अरु पनि धेरै विशेषता छन् । आफ्नो शहरका जनतालाई आकर्षित गर्न र खाली समयको सदुपयोग गर्न यो लाइब्रेरी निकै फलदायी सावित भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  ०६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC