site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बाँचिरहून् इरफान’
Ghorahi CementGhorahi Cement

– रुमु न्यौपाने


चर्चित बलिउड अभिनेता इरफान खान अहिले दुर्लभ किसिमको ‘न्यूरोइन्डोक्राइन ट्युमर’बाट पीडित छन् र मृत्युसँग लडिरहेका छन् । परिवारजन, भारतीय सिनेमा उद्योग तथा लाखौं–करोडौं फ्यान उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

‘लाइफ अफ पाइ’ र ‘स्लमडग मिलिनियर’का लागि अन्तर्राष्ट्रियस्तरमै चर्चा कमाएका इरफानसँग केही वर्ष सँगै पढेका वरिष्ठ रंगकर्मी सुनील पोखरेल पनि आफ्ना पूर्वसहपाठीको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । इरफानसँगका केही स्मरणहरू उनले ‘बाह्रखरी’सँग साटे ।

Agni Group

सुनील र इरफान करिब ४ वर्ष राष्ट्रिय नाट्य विद्यालयमा सहपाठी थिए । सन् १९८४ देखि १९८७ सम्म उनीहरूले भारतकै प्रतिष्ठित मानिने दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयमा सँगै नाटक पढे । इरफानकी प्रेमिका पनि सँगै पढ्थिन् । उनीहरूको चारजनाको समूह थियो । इरफानसँगको स्मरणबारे सुनील भन्छन्, “इरफान अलि शान्त स्वभावका थिए । त्यति धेरै कसैसँग बोल्दैनथे ।”

दिल्लीमा नाटक पढ्दै गर्दा नै इरफानले पढाइ सकेर मुम्बई जाने योजना बनाइसकेका थिए । पढाइ सक्नासाथ उनले ‘सलाम बम्बई’मा सानो भूमिका पाए । त्यसपछि उनी मुम्बई नै बस्न थाले ।

Global Ime bank

चार वर्षे पढाइ सकेपछि सुनील पनि काठमाडौं फर्के । निकै पछि काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा उनीहरूको भेट भयो । त्यतिखेर सुनीलले इरफानलाई पोखरा घुम्न पठाएका थिए । सुनील इरफानको घरमा पनि गएर निकै दिन बसेको सम्झन्छन् । अझै पनि उनीहरूको सम्पर्क बाक्लै छ ।

इरफानसँग सुनीलका थुप्रै अविष्मरणीय क्षणहरू छन् । तिनैमध्ये एउटा क्षणको स्मरण गर्दै सुनील सुनाउँछन्, “इन्दिरा गान्धीको हत्याका बेला हामी दिल्लीमै थियौं । एकदम आतंकित वातावरण थियो । हामीलाई पनि होस्टेलबाट निस्कन निषेध गरिएको थियो । त्यतिखेर हावामै पनि आतंक भएको महसुस हुन्थ्यो ।”

मणिपुरमा एक महिनाको क्याम्प बस्दाको अर्को क्षण पनि सुनील सम्झिरहन्छन् । “त्यहाँ क्याम्पमा बस्दा उनी नजिकैको पोखरीमा पौडी खेल्छु भनेर गए । मलाई त पौडिन आउँदैनथ्यो, म गइनँ । साथीहरू पनि कोही गएनन्, इरफानमात्रै गए । बीचमा पुगेपछि उनी न वारि आउन सके न पारि जान नै । हामीले त त्यतिखेर इरफानको आशै मारिसकेका थियौं । तर, पनि कसो–कसो उनी फर्केर आए,” सुनीलले सम्झिए ।

नाटक स्कुलबाट छुटेको २२ वर्षपछि इरफानसँग भेट भएको थियो सुनीलको । लामो समयको अन्तरालपछि भेट्दा पनि इरफानको बानीव्यवहार उस्तै थियो । उनी प्रसिद्ध भइसकेका थिए तर सुनीलका लागि उही प्यारो र आत्मीय साथी थिए । “उनी छिटो निको होऊन् भनेर प्रार्थना गरिरहन्छु म । प्रसिद्ध कलाकार भएर पनि उनी असल मान्छे र असल मित्र हुन् ।”

जन्म र मृत्यु संसारको नियम हो । जीवन अनपेक्षित छ । तर, कहिलेकाहीँ समय यति क्रूर भइदिन्छ कि नचिताएको भइदिन्छ ।  इरफान यतिखेर त्यस्तै अनपेक्षित घटनाले विक्षिप्त छन् ।

‘न्यूरोइन्डोक्राइन ट्युमर’का कारण इरफानको शरीरका विभिन्न भागमा असर परेको छ । त्यसैको उपचारका लागि उनलाई अमेरिका लगिएको छ । यो रोग १० लाख मानिसमध्ये ३५ जनालाई लाग्ने गरेको छ ।

आफूलाई अत्यन्तै दुर्लभ रोग लागे पनि प्रशंसकहरूलाई चिन्ता नलिन आग्रह गर्दै इरफानले ट्वीटरमा भनेका छन्, “कहिलेकाहीँ बिहान उठ्दा नै त्यस्तो झट्काको साथमा उठ्नुपर्छ, जसले जिन्दगीलाई नै हल्लाएर राखिदिन्छ । ... मलाई अहिले लागेको रोगको बारेमा थाहा पाउँदा स्वीकार्न निकै गाह्रो भएको छ । तर, मेरो वरिपरिका मानिसहरूको स्नेह, माया र शक्तिका कारण ममा अझ बढी विश्वास पलाएको छ । मेरा शुभचिन्तकहरू, जो मेरो शब्दको व्यग्र प्रतीक्षामा छन्, म उनीहरूका लागि छिट्टै अनगिन्ती कथाहरू लिएर फेरि आउनेछु ।”

५१ वर्षीय यी अभिनेताले थुप्रै अंग्रेजी र हिन्दी फिल्ममा अभिनय गरिसकेका छन् । अंग्रेजीमा ‘द अमेजिङ स्पाइडरम्यान’, जुरासिक वल्र्ड’, ‘स्लमडग मिलिनियर’, ‘लाइफ अफ पाइ’ चर्चित छन् ।

बलिउड निर्देशक विशाल भारद्वाजसँग उनले फिल्म खेल्ने निश्चित भइसकेको थियो । तर, इरफानको अस्वस्थताका कारण फिल्म निर्माणको सम्पूर्ण काम केही समय पर सारिएको छ । उनीद्वारा अभिनीत फिल्म ‘ब्ल्याकमेल’ गत साता प्रदर्शन भइसकेको छ ।

जबदेखि इरफानले आफ्नो रोगको बारेमा ट्वीटरमा खुलासा गरे, भारतीय सेलिब्रेटीहरूले सन्देशको वर्षा गराइरहेका छन् । रेखा भारद्वाज लेख्छिन्, “इरफानको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीप्रति अपार माया । इन्सालहा !

रोन्नी लहेरी लेख्छन्, “धेरै–धेरै माया र शुभेच्छा ! छिट्टै बन्दुकीय फायरिङ लिएर आउनू ।”

राहुल ढोलकिया लेख्छन्, “शिघ्र स्वास्थ्यलाभको कामना ! भगवानसँग तपाईंको लागि प्रार्थना गर्नेछु ।”

उनका प्रशंसकहरूले लेखेका सन्देशः

— पूरै देश तपाईंसँग उभिएको छ । अल्लाहले तपाईंलाई दिर्घायू प्रदान गरुन् । भगवानले सबै राम्रो गर्नेछन् । यो लडाइँ जित्न सक्ने तपाईं एक महान योद्धा हुनुहुन्छ ।

— शिघ्र्र स्वास्थ्यलाभको कामना सर ! भगवानले तपार्इंभित्रको रोगलाई टाढा लैजाऊन् । संसारमा कमै मानिस भित्रैदेखि राम्रा हुन्छन् अनि तपाईं तीमध्ये एक हुनुहुन्छ । तपाईंप्रति हाम्रो सम्मान एउटा अभिनेता भएको कारणले मात्रै हैन, एउटा महान व्यक्ति भएको कारणले पनि छ । तपार्इं भगवानसरह हुनुहुन्छ ।

— पूरै देशले तपार्इंको स्वास्थ्यको लागि प्रार्थना गर्दैछ । अब हामीले तपाईंलाई झन् धेरैपटक देख्न पाउनेछौं ।

— तपार्इंले सानै उमेरदेखि परिस्थितिसँग जुधेर आफ्नो नाम कमाउनुभयो । तपाईं हीरा हो, दुर्लभ मणि हो, जसलाई दबाबमा चम्काइन्छ । भगवानले तपार्इंलाई आफ्नो लडाइँ लड्न सक्ने क्षमता प्रदान गरून् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC