site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कपिलवस्तु पुगेर लिए चलचित्रका ‘महानायक’  हमालले अभिभावकत्व
Sarbottam CementSarbottam Cement

जीतपुर।  नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ । 

हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“मेरो पहिल्यैदेखि चाहना थियो । यस पटक नेपाल सरकारको नीतिले आफूलाई ठूलो अवसर जुटायो”, हमालले भने, “राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।” 

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उहाँले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्य सामग्री दिए । बालकको लालनपोषणका लागि केही रकमसमेत उहाँले सहयोग गर्नुभएको राजकी आमा लक्ष्मीले बताए । 

Global Ime bank

कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ र उपप्रमुख मीरा चौधरी, समन्वय एकाइ प्रमुख सुरेन्द्र पराजुली, गौतमबुद्ध माविका प्रअ रामप्रसाद अर्याल, स्रोत व्यक्ति खेमराज पौडेललगायतले हमालको कामले सबैमा उत्सुकता आएको बताएक थिए 

राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन् । बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन् । उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन । पतिको मृत्युपछि लक्ष्मी श्रमिक बनेकी छन् । उनी नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्छन् । हमालले अभिभावकत्व ग्रहण गरेपछि आफ्नो बालकको भविष्य उज्वल हुने उनले बताए। रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC