site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कवि उप्रेतीको ‘आधा उज्यालो’बारे विमर्श
Sarbottam CementSarbottam Cement

चितवन । चितवनमा कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालोे’माथि विमर्श गरिएको छ ।

चितवन साहित्य परिषद् र कविडाँडा साहित्य समाजको संयुक्त आयोजनामा कवि उप्रेतीको कवितासङ्ग्रहमाथि चर्चा गरिएको हो । कवितामाथि चर्चा गर्दै चितवन साहित्य परिद्का अध्यक्ष सुरेन्द्र अस्तफलले कवि उप्रेतीका कविता सरल भाषामा बिम्ब र प्रतीकको प्रयोग हुने हुँदा कवितामा आस्वाद रहेको बताए ।

कवि एवम् लेखक सरिता तिवारीले उप्रेतीको कवितामा सरल भाषा शैली र शालिन अभिव्यक्ति पाइने भए पनि कवितामा जोखिम उठाउन नखोजिएको टिप्पणी गरिन् । तर, कविहरु सधैँ प्रतिपक्षमा रहेर कविता कोर्नुपर्ने उनको विचार थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कवि एम् गजलकार द्वारिका नेपालले छोटा आयम भएका कविता लेख्न कवि सक्षम रहेको बताए । सुक्ष्मभन्दा सुक्ष्म अनुभूतिलाई कलात्मक तरिकाले प्रस्तुत गर्न कवि उप्रेती सफल भएको उनको भनाइ छ ।

कवि केदारनाथ खनालले पनि कवि उप्रेतीका कविता सहजै बुझिने र सबैको जीवन छुने खालको रहेको बताए ।

Global Ime bank

कार्यक्रममा सबैको टिप्पणी र चर्चापछि बोल्दै कवि उप्रेतीले आफ्ना अनुभव भने, “प्रायः यात्रा गर्ने क्रममा कविता लेख्न मन पराउँछु । त्यसैले कतिपय कवितामा यात्राका सन्दर्भ जोडिने गरेको छ ।”

“म कवितालाई प्रकृतिसँग जोडेर हेर्ने गर्छु । कोठामा बसेर मैले अहिलेसम्म कविता लेखेकै छैन”, उनले भने ।  

उप्रेतीका कवितासङ्ग्रहमा ५४ वटा कविता सङ्ग्रहित छन् । पहिलो खण्डमा देश, दोस्रो खण्डमा प्रकृति र तेस्रो खण्डमा मान्छेलाई कवितामार्फत प्रस्तुत गरिएको छ ।

सोही अवसरमा वर्तमानमा नेपाली कविताको दिशा र प्रवृतिबारे पनि विमर्श गरिएको थियो ।

कार्यक्रम चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल र कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC