site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

म्याग्दी, रासस । सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ । 

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क एनजिएन प्रविधिको टेलिफोन विस्तार गरेको हो । टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिए । 
तारजडित टेलिफोन सेवा विस्तार भएपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङ बजारका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज भएको छ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवामा सहज भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । 
टेलिकमले यसअघि बेनीमा एक हजार २६१, पर्यटकीयस्थल घोडेपानीमा ३४ र गलेश्वरमा ५१ लाइन तारजडित टेलिफोन वितरण गरेको छ । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा टेलिकमले गत चैतसम्म ७२ हजार ५५७ पोष्टपेड र प्रिपेड मोबाइल सिम वितरण गरेको छ । 

असी प्रतिशत जिल्लावासीमा नेपाल टेलिकमको सञ्चार सेवाको पहँुच पुगेको शाखा प्रमुख साहले बताए । म्याग्दीमा टेलिकमका २५ मोबाइल बिटिएस, पाँच सिडिएमए र चार वाइम्याक्स टावर सञ्चालनमा छन् । यसै महिनाभित्र धौलागिरि गाउँपालिकाको केन्द्र मुना, मंगला गाउँपालिकाको झाँक्रेपानी र बेनी नगरपालिका–२ ज्यामरुककोटमा तीन नयाँ बिटीएस टावर सञ्चालनको तयारी भइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC