site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसप्रति ओलीको आक्रोश–भन्ने लोकतन्त्र काम तानाशाही ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अब एकता कुनै पनि हालतमा नरोकिने बताएका छन् । पार्टी एकता संयोजन समितिले गरेको संयुक्त कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अब एकता रोक्नुपर्ने कुनै कारण नभए पनि एकतापछि समस्या नआओस् भन्नका लागि केही समय लागेको बताए ।
“एकता निकट भविष्यमा हुन्छ, रोक्नुपर्ने कुनै कारण छैन,” उनले भने, “हामी धेरैपल्ट एकता गर्दै गर्दै आएको हुनाले मिल्नभन्दा अघि गम्भीर हुनुपर्छ ।” उनले बिहेको उदाहरण दिँदै बिहेपछि घरको कुकुर र बिरोलोको पनि माया लाग्ने बताए ।
“बिहे गर्नुभन्दा अघि एउटै घर हुँदैन । दुलाहाको घर अर्कै, दुलहीको अर्कै हुन्छ । बिहेपछि त्यो घरको कुकुर र बिरालोको पनि माया लाग्छ,” ओलीले भने ।
विगतमा कसले कति गल्ती गर्यो भन्ने बारेमा अब सम्झिएर बस्न नहुने बताए ।  त्यही कुरा गरेर बस्ने हो भने अब अघि जान नसकिने उनको भनाई छ ।  अब कसरी अघि बढ्ने भन्ने बारेमा चर्चा गर्नुपर्ने बताए । उनले एकता प्रक्रिया निकै अघि बढेको बताउँदै भने, “अब हामीलाई जुत्ता मिलेन भन्ने ठाउँ छैन । जुत्ता मिलेन भने खुट्टा तासेर पनि मिलाउनुपर्छ । हामी अब पछि फर्किने अवस्था छैन ।”
सम्बोधनका क्रममा पटक पटक कांग्रेसप्रति आक्रामक देखिएका प्रधानमन्त्री ओलीले कांग्रेसको पहिलो सरकारले नै कम्युनिष्टलाई प्रतिबन्ध लगाएको स्मरण गरे ।  “राणा शासन फालेपछि कांग्रेसले पहिलोपटक कम्युनिष्टलाई नै प्रतिबन्ध लगाएको थियो,” ओलीले भने, “अहिले यति मजबुद हुँदा त दुःख दिएको छ त्यसबेला कस्तो हुँदो हो ?”
उनले कांग्रेसको पछिल्लो सरकारका पालामा पनि त्रिचन्द्र क्याम्पस अगाडी विरोधमा उत्रिएका विद्यार्थीलाई लाठी प्रहार गरेर दमनकारी व्यवहार देखाएको बताए । “अस्ति मात्रै निर्वाचन सकिएपछि त्रिचन्द्र अगाडी अलिकति विद्यार्थी निस्कँदा निर्मम तरिकाले लाठी प्रहार गरियो,” प्रधानमन्त्री ओलीले भने, “प्रतिक्रियावादीले भन्ने लोकतन्त्र गर्ने तानाशाही र दमनकारी नै हो ।”
उनले माओवादी र एमालेले कांग्रेसलाई घिसारेर नल्याएको भए संविधान पनि नबन्ने अवस्था रहेको बताए ।  नेपालका कम्युनिष्ट पार्टी फुटेको फाइदा पनि कांग्रेसले नै लिएको संकेत गर्दै भने, “हामी फुट्ने तर लाभ अर्कैले लिने काम हुँदैन भनेर नै जुटेका हौं ।”
उनले अहिले पनि अधिनायकवाद सुरु भएको बताउँदै कांग्रेसले गलत प्रचार गरेको धारणा राखे । “एउटा पार्टीका नेताले भनेको सुनेको छु, अधिनायकवाद सुरु भइसक्यो,”प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्रीका विरुद्ध पत्रकार लेख्न डराउँछन् भनेर पनि भने । नेपालका पत्रकारलाई यत्रो अपमान गर्ने आँट कसरी आयो होला ? नेपाली प्रेस जगतको अपमान गर्ने हिम्मत कसरी आयो होला ?”
उनले क्रान्तिका गफ नलगाउन विप्लव नेतृत्वको माओवादीलाई पनि चेतावनी दिए ।  “अब पनि क्रान्तिका गफ ?” उनले भने, “कम्युनिष्टको सरकारबाहेक क्रान्तिले ल्याउने के ? त्यो आइसकेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC