site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पछाडिको खल्तीमा पर्स राख्नु मेरुदण्डका लागि खतरनाक ?
Sarbottam CementSarbottam Cement

बीबीसी । बिहानै नुहाएर तयार भयो, कपाल कोर्यो, घडी लगायो, मोबाइल चेक गर्यो र काँइयो–पर्स राखेर कार्यालय अथवा पसल जानका लागि तयार ।  विश्वभरका अधिकांश पुरुषहरुको बिहान यस्तै यस्तै शैलीमा बित्ने गर्दछ । मोबाइलबाहेक यी सबैमध्ये एक अन्य बस्तु छ, जुन बस्तु भुल्दा दिनभर आफू रित्तो–रित्तो झैँ लाग्ने गर्दछ । त्यो हो पर्स । 

यो पर्समा रुपैयाँ, फोटो, क्रेडिट–डेबिट कार्ड, ड्राइभिङ लाइसेन्स र अन्य जरूरी परिचय पत्र राखिएको हुन्छ । यी सबै कुराहरु एकै ठाउँमा राखिए पर्सको जिम्मामा कयौं जिम्मेवारी पनि हुन्छ । 

मोटो पर्सबाट के नोक्सान हुन्छ ?
 

Prabhu Bank
Agni Group
NIC Asia

यसै कारण पर्स मोटो पनि हुन्छ । र यो पर्स कहाँ राखिन्छ ? अधिकांशले पाइन्टको पछाडिको खल्तीमा । जुन बानी स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । तपाईँले केही समयका लागि पर्सलाई पछाडि राख्नु हुन्छ भने यसले खासै ठूलो फरक भने पर्दैन । 
तर दिनभर अथवा घन्टौंसम्म यसलाई तपाईँले पछिल्लो खल्तीमा राख्नुहुन्छ भने मनन् गर्नुपर्ने अवस्था देखिन्छ ।  सामाजिक सञ्जालमा केही व्यक्तिहरुले पछाडिको खल्तीमा मोटो पर्स राख्दा मेरुदण्डको हड्डी  बाङ्गो हुन्छ भनिरहेका छन् । के यो साँचो हो ? 

हामी कहाँ पर्स जति बढी मोटो भयो त्यति नै रवाफ ठूलो हुने झुठो आडम्बर पनि देखिन्छ । 

Global Ime bank

कहाँ हुन्छ दुःखाई ? 
 

‘मेन्स हेल्थ’ ले यूनिभर्सिटी अफ वाटर लूका प्रोफेसर अफ स्पाइन बायोमेकानिक्स स्टुअर्ट मैकगिललाई उद्धृत गर्दै प्रकाशित गरेका समाचारअनुसार कार्ड, बिल–भौचर र सिक्का राखिएको पर्स पछाडिको खल्तीमा राखेर लामो समयसम्म बस्दा ‘हिप ज्वाइन्ट’ र कम्मरको तल्लो भागमा दुःखाइ शुरु हुन्छ ।

यसो गर्दा ‘हिप ज्वाइन्ट’ को पछाडि रहने ‘सियाटिक नर्व’ मा तन्तुहरु पर्स र ‘हिप’ को बीचमा च्यापिने भएकाले स्वास्थ्यमा खसर देखिन शुरु हुन्छ ।  दुःखाई दुःखाई ‘हिप’ मा भए पनि यसको खसर खुट्टाको तल्लो भागसम्म पर्ने भएकाले पर्सलाई पछाडिको खल्तीमा राख्नु गम्भीर मानिन्छ । 

पछाडिको खल्तीमा मोटो आकारको पर्स राख्नाले ‘पेल्विस’ पनि एकापट्टी झुक्ने भएकाले मेरुदण्डको हड्डीमा झन बढी दबाव पर्दछ । मोटो पर्स राख्नाले मेरुदण्डको हड्डी अथवा स्पाइनमा बांगोपन आउने चिकित्सकहरुको दाबी साचो नभए पनि स्पाइनमा पहिलेबाटै कुनै समस्या भए यसले झनै समस्या उत्पन्न गरिदिन्छ । 

पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा कस्तो समस्या देखा पर्छ भन्ने प्रश्नको जवाफमा दिल्लीको प्राइमस अस्पतालका हड्डी विशेषज्ञ डा. कौशलकान्त मिश्राले भने, ‘‘स्पाइन सामान्य भए स्वास्थ्यमा कुनै पनि समस्या उत्पन्न हुँदैन ।’’
मोटो पर्सलाई केही समय पछाडिको खल्तीमा राख्दा केही समस्या नभए पनि लामो समयसम्म राखिए त्यसले स्वास्थ्यमा प्रतिकुल असर देखाउने उनको भनाई थियो ।  उनले भने, ‘‘कयौं घण्टासम्म कसैले पर्स पछाडिको खल्तीमा राखेर बस्दा मेरुदण्डको हड्डीको आकार त परिवर्तन हुँदैन तर साइटिका भने हुन्छ नै ।’’

यो दुःखाईबाट कसरी बच्न सकिन्छ ? 
 

घुँडा मोडेर जमिनमा सुत्नुहोस् । घुँडा तल लैजाँदा दायाँ पट्टी लैजानु होस् । काँध र हिप जमीनमै राखेर घुँडालाई फेरि बाँयापट्टी लैजानुहोस् । यो प्रक्रिया गर्दा तपाईँको कम्मरको तल्लो भागमा आराम महशुस हुनेछ । 
जमिनमा सुतेर घुँडालाई छातीमा टाँसेर खुट्टाको बाहिरी भागमा समातेर कम्मरको माथिको भागलाई आधार बनाएर शरीरलाई गोलो बनाउँदा पिठ्युको दुःखाई धेरै मात्रामा आराम हुन्छ । 

पर्सलाई कसरी राख्ने ?
 

रुपैयाँ राखे क्लिप अथवा पातलो आकारको वालेट राख्न सकिन्छ । जसलाई सजिलैसँग अगाडिको खल्तीमा राख्न सकियोस् । 
पर्स खरीद गर्दा चाभीहरु राख्न सकिने पर्स खरीद गर्नुहोस् । जसले तपाईलाई पर्स पछाडिको खल्तीमा राखेर बस्दा असहज महशुस भएर खल्तीबाट पर्स निकालेर बस्न बाध्य बनाओस् । सम्भव भएसम्म पर्स बोक्ने बानी छोड्नु होस् । 
https://www.bbc.com/hindi/science-43807941

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC