site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
मञ्चबाटै प्रचण्डलाई ओलीको कटाक्ष– एकता सेन्टिमेन्ट होइन
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मञ्चबाटै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका छन् ।

लेनिन जयन्ती तथा तथा नेकपा स्थापना दिवसका अवसर पारेर काठमाडौँको सभागृहमा आयोजित कार्यक्रमा प्रचण्डलाई एकता ‘फगत भावनात्मक’ कुरा नभएको भन्दै कटाक्ष गरेका हुन् ।

“म अगाडि बोल्नुभएका प्रचण्डजीले म र केपीजी नमिले पनि एकता हुन्छ भनेर भावनात्मक कुरा गर्नुभयो,” अध्यक्ष ओलीको छेडखानी थियो, “एकता सेन्टिमेन्टल कुरा होइन, उहाँ अलि बढी नै भावनात्मक हुनुभयो । हामीले सुरू गरेका हौँ एकता प्रक्रिया, निष्कर्षमा पनि हामीले नै पु¥याउँछौँ । हामी नभए एकता नहुन पनि सक्छ र हुँदैनथ्यो पनि ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले एकता प्रक्रिया सुपरमार्केटमा राम्रो लागेर खरिद गरेजस्तो सामग्री नभएको र बाटामा फेला पारेको अमुक बस्तुसमेत नभएको जिकिर गरे । उनले एकताका लागि नीतिगत, वैचारिक आधार तयार भइसकेकाले अब कुनै हालतमा नरोकिने र रोक्न सक्ने ठाउँ र तर्क सकिएको जिकिर गरे ।

उनले असमानता, विभेद र अन्यायपूर्वक नहुने र समावेशी र समानुपातिक सिद्धान्त नै अवलम्बन गरिने जिकिर गरे ।

Global Ime bank

ब्यानरको लफडालाई ‘दाँतमा बिझाएको ढुंगा’

कार्यक्रम १२ बजेका लागि निर्धारण गरिएको थियो तर आयोजकका तर्फबाट एमालेका कार्यलय सचिव एवम् सांसद् कृष्णगोपाल श्रेष्ठले ठीक एक बजे कार्यक्रम सुरू हुने बताए ।

एक बज्न केही समय बाँकी थियो तर नेकपा माओवादी केन्द्रका कार्यकर्ताले लेनिन जयन्तीका दिन कार्यक्रम आयोजना गरेको तर व्यानरमा लेनिनकै तस्बिर नभएको भन्दै नाराबाजी गरे । र, मञ्चमा टाँगिएको व्यानर झिक्न लगाए ।

केही समयपछि पहिले झुन्ड्याइएको व्यानर राखियो र छेउमा माओवादी केन्द्रको व्यानरसमेत टाँगिएको । एकताबारे बलियो सन्देश दिन आयोजना गरिएको कार्यक्रममा दुईवटा व्यानर हुन पुग्यो । त्यसल घटनालाई ओलीले ‘दाँतमा ढुंगा लागेको’ उपमा दिए ।

“एकताअगाडि यस्ता घटना हुन्छन् । बिहे गर्नुअगाडि पनि दुईवटा घर हुन्छन्, बिहेपछि त्यो घरको बाछो पनि बिरालो पनि माया लाग्छ,” उनले भने, “आजको घटना पनि त्यस्तै हो, भोलिपर्सि किन गरेहुँला लाग्छ ।” 

एकताबारे आश्वस्त तुल्याउन कार्यक्रम आयोजना गरेको भए पनि प्रधानमन्त्री ओलीले कांग्रेसको आलोचना गर्न ज्यादा शब्द खर्चिए । उनले कांग्रेसका अमुक नेताले प्रधानमन्त्री अधिनायकवादी बन्दै गएको भन्ने टिप्पणी गरेको आफूले सुनेको बताउँदै पतिपक्षलाई प्रतिकृयावादीको संज्ञा दिए ।

कांग्रेसको आदिकालदेखिको चरित्र प्रतिक्रियावादी भएको बताउँदै इतिहासमा दरवारको पाउसमातेर कम्युनिष्ट सिध्याउन लागि परेकोसमेत टिप्पणी गरे ।

तस्बिर रासस


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC