site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । ३३ किलो सुनकान्डमा पूर्व डीआईजी गोविन्द निरौला पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
गृह मन्त्रालयले बनाएको छानबिन समितिको निर्देशनपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको स्रोतले जानकारी दियो । यस घटनामा जोडिएका करिब ३० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन थापाले पूर्व डीआईजी निरौलालाई पक्राउ गरी बानेश्वर प्रहरी वृत्तमा राखिएको पुष्टि गरे । 

त्यसबाहेक आफूलाई कुनै जानकारी नभएको उनले बताए ।  माघ ७ मा युएईबाट ३३ किलो सुन त्रिभुवन विमानस्थलमा आइपुगेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।
त्यो सुन युएईमा रहेका चुडामणि उप्रेती ‘गोरे’ का भाई रमेश उप्रेतीले पठाएको स्रोतले बाह्रखरीसँगको कुराकानीमा बताएको थियो । स्रोतका अनुसार यूएईबाट आएको सुन विमानस्थलबाट बाहिर निकाल्ने, बाहरि निकालेको सुन जिम्मा लिने र त्यसको व्यवस्थापन गर्ने छुट्टाछुट्टै समूह रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अनुसन्धानमा संलग्न स्रोतका अनुसार गोरेले ल्याएको सुन विमानस्थलबाट बाहिरिएको केहीबेरमा नै अर्कै व्यक्तिले ‘रिसिभ’ गरेका थिए । त्यसको व्यवस्थापन गर्ने जिम्मा पाएका थिए डाक्टर भनिने निर्मल मनाङेले । 
उनी नै गोरेको व्यवस्थापन हेर्ने मुख्य व्यक्ति भएको स्रोत बताउँछ । ३३ किलो सुन पनि विमानस्थलबाट बाहिरिएको केहीबेरमा हराएपछि पछिल्लो काण्ड उजागर भएको थियो । स्रोतका अनुसार दुईवर्षअघि पनि  गोरेको १४ किलो सुन यसैगरी हराएको पाइएको छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC