site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
परमाणु हतियार त्याग गर्ने विषयमा कतिको गम्भीर छ उत्तर कोरिया ?
Sarbottam CementSarbottam Cement

बीबीसी । उत्तर कोरियाका शाषक किम जोङ उनले दुई अत्यन्तै महत्वपूर्ण बैठकको तयारी गर्दै परमाणु मिसाइल परीक्षणको काम बन्द गर्ने घोषणा गरेका छन् । यस खबरले अहिले विश्वभर चर्चा पाइरहेको छ भने उता किमको पनि निकै प्रशंसा भइरहेको छ । यस समाचारले अहिले अन्तराष्ट्रिय समुदायमा सनसनी मच्चाउनु स्वभाविक पनि हो तर उत्तर कोरियाको ऐतिहासिक रेकर्ड हेर्दा भने धेरैलाई यो खबर नौलो नलाग्न पनि सक्छ ।

यो भन्दा अगाडि सन् १९९४ मा पनि परमाणु हतियार परीक्षण रोक्ने प्रतिबद्धता जनाएको उत्तर कोरियाले महिनादिन नबित्दै सम्झौता तोडेको थियो । त्यसपछि फेरि १९९९ मा अमेरिकासँग अर्को सम्झौता गर्दै उत्तर कोरियाले हतियार प्रतिबन्धमा सहमति जनाएको थियो । त्यसलाई पनि २००६ मै अर्को मिसाइल परीक्षण गरि उत्तर कोरियाले आफ्नो वचन विपरित काम गरेको थियो । यसरी उत्तर कोरियाको हालको घोषणालाई पनि आधिकारिक रुपमा कसैले पुष्टि गर्न सक्दैत तरपनि यसपटक किमले देखाएको गम्भीरतालाई नजरअन्दाज भने गर्न नसकिने विज्ञहरुको भनाइ छ । आफ्नो देशले परमाणु हतियार निर्माणमा दक्षता हासिल गरिसकेको बताउँदै शनिबार किमले स्वेच्छा परमाणु परीक्षणलाई अन्त्य गराउनुका साथै परमाणु परीक्षण केन्द्रलाई पनि नष्ट पार्ने घोषणा गरेका हुन् । यसरी किम आफैँले परमाणु परीक्षण बन्द गराउने घोषणा गर्नुले वास्तवमा उनको आत्मविश्वासलाई नयाँ स्तरमा पुर्याएको संकेत पनि दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तरपनि किमले ट्रम्पसँगको बैठकपूर्व नै इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको परीक्षण गर्दिन भन्नु विश्वका लागि आश्चर्यको विषय हो । उत्तर कोरियाले प्रदर्शन गरेका मिसाइलहरु मध्ये तीनवटासँग मात्र अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमता रहेको बताइन्छ । उत्तर कोरियाले आफूलाई मिसाइल निर्माणमा सम्पन्नता हासिल गरिसकेको दाबी गरेपनि लन्चरको अभावमा मिसाइलको क्षमता अझै सिमित रहेको छ । तरपनि २०१७ को अन्तिम भाषणमा किमले आफ्नो परमाणु ताकत पूरा भइसकेको दाबी गरेका थिए । यस्तोमा उनले सो घोषणापछि देशलाई एक शक्तिशाली समाजवादी अर्थव्यवस्था बनाउन तर्फ काम गरि जनताको जीवनस्तरमा सुधार ल्याउनेमा काम गर्न चोहेको पनि हुन सक्ने बताइन्छ ।

तरपनि विगतलाई हेर्दा उत्तर कोरियाले फेरि पनि एउटा सानो चेतावनीमै आफ्नो वचन तोड्न सक्दैन भन्न सकिन्न । अर्कोतर्फ किमका लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नु पनि आफैँमा एउटा उपलब्धि हुनेछ किनकी यसअघि उनका पिता र हजुरबुवाले समेत यस्तो अवसर प्राप्त गरेका थिएनन् । त्यसैले पनि कुनै हदसम्म किम अमेरिकासँगको वार्ताबारे गम्भीर र इमान्दार हुन सक्ने विश्वविद्हरुको भनाइ छ । त्यसैगरी यसको विपरित उत्तर कोरियाले आफूलाई परमाणु सम्पन्न राज्य घोषित गर्नुको अर्थ हतियार त्याग्नु नभएर यही हतियारले नै देशको सुरक्षालाई सधैँका लागि सुनिश्चित गराउनु पनि हुन सक्ने बताइएको छ । त्यसैले किमको वास्तविक उद्देश्यबारे दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँगको बैठकपछि मात्र स्पष्ट हुने बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC