site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालभन्दा पहिले चीन भ्रमणमा जाने !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै हप्ताको अन्तिम दिन चीन भ्रमणमा जाने भएका छन् । गतवर्ष चीन र भारतबीच डोकलाम सीमा र तिब्बतलाई लिएर सुरु भएको विवादले दुई देशबीचको सम्बन्धलाई धेरै संवेदनशील अवस्थामा पुर्याएको थियो ।  त्यसैकारण सम्पूर्ण विवाद अन्त्य गर्दै कूटनीतिक सम्बन्धमा सुधार ल्याउने उद्देश्यले मोदी चिनियाँ राष्ट्रपति जिन पिङसँग भेट गर्न जान लागेको रोयटर्सले जनाएको छ । 

चिनियाँ विदेश मन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँगको बैठकपछि मोदी र जिन पिङबीच आगामी शुक्रबार र शनिबार भेटवार्ताको कार्यक्रम तय भएको जानकारी दिएका हुन् । यति मात्र नभएर मोदी फेरि जुनमा पनि चीन भ्रमणमा जानेछन् । यति छोटो समयमै यही हप्ता चीन जाने तयारी गरिरहेका मोदीले फेरि जुनमा पनि जिन पिङसँग भेटवार्ता गर्नेछन् ।

यसरी थोरै समयमै मोदी दुईपटक चीन भ्रमणमा जानुलाई भारतभित्रै पनि असामान्य मानिएको छ । यसअघि भने मोदी चीन भन्दा पहिला नेपाल आउने तय भएको थियो ।
तरपनि अन्तिम समयमा उनले चीनसँगको बिग्रँदो कूटनीतिक सम्बन्धलाई मध्य नजर गर्दै पहिले चीन भ्रमणमा जाने निर्णय लिएको हुन सक्ने बताइएको छ । भारतीय विदेश मन्त्री सुस्मा स्वराज जिङपिङ र मोदीबीच बैठकको तयारी गर्नकै लागि शनिबार बेइजिङ पुगेकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC