site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
ब्यानरले लफडा, ओली– दाहालको मन्तव्यसँगै ताली 
Sarbottam CementSarbottam Cement

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस एवं लेनिन जयन्ती मनाउने क्रममा आइतबार नेपालका प्रमुख दुई कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने चर्चा लामो समयदेखि चलेको भए पनि त्यसो हुनसकेको थिएन । तैपनि, कार्यकर्तालाई पार्टी एकताको सन्देश दिन आइतबार आयोजितत संयुक्त कार्यक्रममा भने ब्यानरको विषयमा चर्कै विवाद भयो ।

कार्यक्रम सुरु नहुँदै एमाले र माओवादी केन्द्र दुवै पक्षका कार्यकर्ताले राष्ट्रिय सभा गृहको हलभित्र होहल्ला गर्न थाले । मूलतः माओवादी कार्यकर्ताले एमालेले आफ्नो ब्यानरमा प्रयोग गर्दै आएको पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको मात्रै तस्बिर राखेपछि आपत्ति जनाए । त्यसमाथि ‘माके’ भन्ने शब्द उल्लेख गरेकाले झनै आक्रोश बढ्यो । होहल्ला बढी भएपछि माओवादी कार्यकर्ताले ब्यानर हटाउन माग गरे । त्यसपछि ब्यानर निकालिएको थियो । यो खबर आजका सबैजसो पत्रिकाले विशेष प्राथमिकताका साथ प्रकाशित गरेको भए पनि नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले घटनाको सिलसिला मिलाएर समाचार लेखेका छन् ।

नागरिक दैनिकको समाचारमा लेखिएको छ – दुवै नेताले एकीकरण हुनेमा विश्वस्त हुन पटकपटक आग्रह गरिरहँदा प्रेक्षालयमा भने नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकले ताली बजाएका थिए । यससम्बन्धी समाचारलाई आजको कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, नयाँ पत्रिका, राजधानी, गोरखापत्रलगायतका पत्रिकाले पहिलो पृष्ठमै प्रकाशित गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्य समाचार 
‘सिन्डिकेटमा सरकारकै साथ’ शीर्षकमा कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेको समाचारअनुसार सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदैआएको छ ।  एक वर्षअघि कानुन आयोग र आपूर्ति मन्त्रालयले बनाएको प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार व्यवस्थापनसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा आपूर्ति मन्त्रालयले लुकाएको खुलेको समाचारमा लेखिएको छ ।

पूर्वडीआईजी पक्राउ

Global Ime bank

आजका सबैजसो पत्रिकाले प्रकाशित गरेको अर्को समाचार हो – ३३ किलो सुन काण्डमा पूर्वडीआईजी गोविन्द निरौला पक्राउ । अन्तर्राष्ट्रिय सुन तस्कर गिरोहसँगको मिलेमतोको शंकामा उनी पक्राउ परेका हुन् । कान्तिपुर दैनिकले यो समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

राजधानी दैनिकले पनि यो समाचार पहिलो पृष्ठमा प्रकाशित गरेको छ । नागरिक, अन्नपूर्ण पोस्टलगायतले भने यो समाचार भित्री पृष्ठमा प्रकाशित गरेका छन् । मुलुककै इतिहासमा ठूलो घटनाका रुपमा लिइएको यस सुनकाण्डका बारेमा गृह मन्त्रालयले बनाएको छानबिन समितिले आफ्नो कामलाई तीव्रता दिएको समाचारमा उल्लेख छ ।

औषधिको हाहाकार 
 

आजको अन्नपूर्ण पोस्टले आज समाचारमा जनहितको विषयलाई प्राथमिकतासाथ उठाएको छ । औषधि हाहाकार शीर्षकमा दिनेश गौतमले लेखेको समाचारमा करिब २५  जिल्लामा औषधिको अभाव रहेको लेखिएको छ । रामकृष्ण रानाले बनाएको इन्फोग्राफसहित अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा यो समाचार प्रकाशित गरेको छ ।

विचार र दृष्टिकोण 
 

अन्नपूर्ण पोस्टमा जवाहरलाल नेहरु विश्वविद्यालयकी सहायक प्राध्यापक गीता कोचर जयसवालको विचार प्रकाशित छ । उनको लेखमा भनिएको छ – प्रधानमन्त्री ओलीले आफ्नो उत्साहजनक विजयी मतलाई ‘गठबन्धन साझेदार’ को छनौटमा उपयोग गर्न चाहन्छन् । उनी भारतको सुरक्षा रणनीतिलाई ओझेल पारेर नेपाल सानो भए पनि क्षेत्रीय स्तरमा अर्थपूर्ण शक्ति भएको देखाउन चाहन्छन् ।

भविष्य हराउँदै गएको कांग्रेस शीर्षकमा नागरिक दैनिकमा जैनेन्द्र जीवनको विचार प्रकाशित छ । ‘माओवादी र एमालेको झगडा पर्छ र गठबन्धन टुट्छ, त्यस बखतका लागि आन्तरिक एवम् वाह्य फ्याक्टर अनुकूल पारिराखे केही महिना प्रधानमन्त्री खान पाइन्छ भन्ने आशाले नै संसद्मा प्रतिपक्ष नेताको हैसियत पनि हस्तान्तरण गर्न देउवाले चाहेनन्,’ लेखकले आफ्नो लेखमा भनेका छन् ।

महेन्द्र दहमा समृद्धि सपना शीर्षकमा आजको कान्तिपुर दैनिकमा अच्युत वाग्लेको दृष्टिकोण प्रकाशित छ । महेन्द्र र केपीले मुलुक र जनताका नाममा देखेका भनिएका सुख र समृद्धिका सपनाको अन्तर्य र आवश्यकताको स्तर समान छ । उनको दृष्टिकोणमा सरकारलाई आफू कुन धरातलमा उभिएर के भन्दै र गर्दै छु भन्ने पनि अनुभव नरहेको उल्लेख छ ।

सम्पादकीय 
 

अन्नपूर्ण पोस्टले पछिल्लो पाँच वर्षमा शिक्षाको सिकाइस्तर घट्नु चिन्ताको विषय भएको बताउँदै शिक्षकलाई रेख लगाएर समस्याको चुरोबाट जोगिने सजिलो उपाय विज्ञ र चिन्तकले अब छोड्न आवश्यक रहेको सम्पादकीयमा उल्लेख गरेको छ ।

सडकमा सुधारको खाँचो शीर्षकमा नयाँ पत्रिका दैनिकले सम्पादकीय लेख्दै देशका सबै बस्तीलाई भरपर्दो सडक सञ्जालसित जोड्नुपर्ने उल्लेख गरेको छ ।

गोरखापत्र दैनिकले पृथ्वीलाई हानि पुर्याउन नहुने विषयमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा विरुवा रोप्ने, हरियाली बढाउने, वातावरण प्रदूषण कम गर्ने ऊर्जाको प्रयोग र प्लास्टिकजन्य वस्तुको उपयोग नगर्नु नै पृथ्वी जोगाउने उपाय भएको उल्लेख छ । नागरिक दैनिकले जननायक कि खलनायक ? शीर्षकमा सम्पादकीय लेखेको छ । ‘क्रोनी क्यापिटालिज्म‘ नेपालमा पनि फस्टाउँदै गएको उल्लेख गर्दै नागरिकले आफ्नो सम्पादकीयमा हिजोका जननायक आजका खलनायक नबनून् भनेको छ ।

कान्तिपुर दैनिकले नक्कली डाक्टरलाई उन्मुक्ति दिन नहुने भन्दै सम्पादकीय लेखेको छ । नक्कली प्रमाणपत्रधारी डाक्टरहरुलाई कारबाही गर्नबाट प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिल चुकेका छन् । यसबाट जनमानसमा एकदमै गलत सन्देश गएको सम्पादकीयमा उल्लेख छ ।

तस्बिर रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement