site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुलका सलाह पीएफए प्लेयर अफ दि इयर घोषित
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । सन् २०१७ – १८ को सिजन प्रिमियर लिग फुटबलको उत्कृष्ट खेलाडी बन्दै सलाहले ’पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् ।

प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने यो अवार्ड जित्ने क्रममा सलाहले मनोनयनमा परेका अन्य पाँच प्रतिस्पर्धीलाई पछि बनाए ।  सलाहले म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भा, केभिन डि बु्रने, विंगर लोरी साने, टोटनहृयामका हृयारी केन र म्यानचेष्टर युनाइटेड गोलकिपर डेभिड डि गियालाई पछि पारेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सलाहले यो सिजन लिगको ३१ खेलमा ३३ गोल गरिसकेका छन् । सलाह यो सिजन प्रिमियर लिगमा गोल्डेन बुटको होडमा समेत रहेका छन् । इजिप्टका सलाह रोमाबाट यसै सिजन लिभरपुल आएका थिए ।

प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने बर्षको युवा खेलाडीको अवार्ड सिटीका २२ बर्षीय लोरी सानेले जितेका छन् । महिलातर्फको ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड चेल्सीका फ्रान किर्वीले जितिन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC