site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
घरेलु मैदानमा एथ्लेटिको मड्रिडको बराबरी, बार्सिलोनालाई फाइदा
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । घरेलु मैदानमा बराबरीमा रोकिएसँगै एथ्लेटिको मड्रिडको ला लिगाको उपाधि होड समेत लगभग सकिएको छ । यो बराबरीले शीर्ष स्थानको बार्सिलोनालाई भने फाइदा पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु मैदानको बराबरीपछि एथ्लेटिको मड्रिडले ३४ खेलबाट ७२ अंक जोडेको छ । पाँचौ स्थानको बेटिसको ५६ अंक छ ।  लिगमा एथ्लेटिको बार्सिलोनाभन्दा ११ अंकले पछि छ ।

लिगमा ८३ अंक जोडेको बार्सिलोना उपाधि उचाल्नबाट मात्र एक खेल टाढा रहेको छ । लिगमा पाँच खेल बाँकी रहदा बार्सिलोनाले एक खेल जिते उपाधि उचाल्ने छ । बार्सिलोनाले अब अप्रील २९ मा डिपोर्टिभो ला करुनासँग खेल्दैछ । उक्त खेल जित बार्सिलोनाले २५ औं ला लिगा उपाधि जित्नेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC