site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघको महाधिवेशन मिति तोक्न देउवा समक्ष माग, २४ घण्टाभित्र माग पूरा नभए आन्दोलन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्यार्थी संघका ५ जना उपाध्यक्षहरुले आगामी महाधिवेशनको मिति तोक्न माग गरेका छन् । 

सोमबार बिहान माउ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले नेविसंघको १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोक्न माग गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले नेसवसंघका अध्यक्ष नैनसिँह महरले विधि, विधान र सहमति विपरित गरेका सम्पूर्ण असंवैधानिक निर्णयहरु तत्काल खारेज गर्नु पर्ने पनि माग गरेका छन् । अध्यक्ष महरले गरेका असंवैधानिक निर्णयहरु खारेज गरेर सहमतिका आधारमा सबै जिल्ला, विश्वविद्यालय र क्याम्पसहरुमा प्रतिनिधि खटाएर विधिवत अधिवेशन गरिनु पर्ने पनि उनीहरुको माग छ । 

उपाध्यक्षहरु प्रकाश राना, खडकबहादुर डाँगी, उर्मिला थपलिया, नविन राई र सागर परियारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा  गत कार्तिक २८ गते प्रेस विज्ञप्ती मार्फत र पुष ९ गते सभापति देउवा समक्ष बुझाइएका मागहरु तत्काल सम्बोधन गर्न पनि माग गरिएको छ ।

Global Ime bank

सभापति देउवालाई ज्ञापन पत्र बुझाउने पाँचै जना उपाध्यक्षहरुले २४ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने र त्यसको जिम्मेवारी पार्टी सभापतिले लिनु पर्ने चेतावनी समेत दिएका छन् ।    यसैबीच महाधिवेशनको माग गर्दै मध्यान्ह १२ वजे पार्टी कार्यालय सानेपा पुगेर छुट्टै ज्ञापन पत्र बुझाइने केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिएका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC