site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइने भएको छ । 

भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरु सम्मिलित मूल समारोह समिति बनाएर विविध कार्यक्रम हित बुद्धजयन्ती मनाउन लागिएको पर्यटनदूत रमेशकुमार गुरुङले जानकारी दिए । ‘‘बुद्धको बारेमा विदेशीलाई जानकारी दिने र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने हाम्रो मूल अभिप्राय हो’’– पर्यटनदूत गुरुङले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

गुरुङका अनुसार यही वैशाख १७ गते राजधानी लिस्बनमा बृहत् शोभायात्रा गरिने भएको छ । नेपाली बाजागाजा, बुद्धका मूर्ति, बुद्ध अंकित तस्बीर, प्लेकार्ड, ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिनेछ । ¥यालीमा पोर्चुगलमा रहेका नेपाली, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता रहने बताइएको छ । 

रोसियोस्थित समुन्द्र किनारबाट शोभायात्रा शुरु भई मुख्य सडकहरु परिक्रमा गरी मार्तिममुनिज पार्कमा आएर समापन हुनेछ । ¥यालीपश्चात् सिन्डिकेट हलमा धर्म गुरुद्वारा बुद्धको पुजापाठ गरिने गुरुङले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC