site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाग्लुङको ढोरपाटनमा टेलिकमको बीटीएस स्थापना 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रीजी बीटीएस स्थापना गरेको छ । वैशाख ९ गते देखि जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र  बोबाङको केही भागमा थ्रीजीसेवा सञ्चालनमा आएको छ । यो बाग्लुङ सदरमुकाम देखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा अवस्थित छ । 

Agni Group

अब यो सेवाबाट त्यस स्थानका करिव ५ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

त्यसैगरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धो मा भि स्याट प्रविधि मार्फत जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाँउपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करिव २ हजार बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । यो दुनै सदरमुकाम देखि करिब ३ दिनको पैदल दूरीमा अवस्थित छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC