site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघमा पनि उठ्यो महाधिवेशनको माग, अध्यक्ष महरले नेविसंघलाई ‘नाटकघर’ बनाएको आरोप 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसमा ‘शीघ्र महाधिवेशनको’ माग चर्को रुपमा उठिरहेका बेला भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा पनि महाधिवेशनको मिति तय गरिनुपर्ने माग उठेको छ ।  ११ औं महाधिवेशनबाट निर्वाचित नेतृत्व विधिसम्मत ढंगबाट अगाडि नबढेको भन्दै नेविसंघमा महाधिवेशनको मिति र स्थान तय गरिनुपर्ने माग उठेको हो । 

महाधिवेशनको मिति र स्थान तय गर्न माग गर्दै सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरुले सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।  पौडेल समूहमा आवद्ध पाँच जना उपाध्यक्षले सोमबार बिहान पार्टी कार्यालय सानेपा पुगेर सभापति देउवालाई महाधिवेशनको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

यस्तै महामन्त्री कुन्दनराज काफ्लेले जुलुससहित पार्टी कार्यालय पुगेर सभापतिलाई ज्ञापन पत्र बुझाएका हुन् ।  कांग्रेसको केन्द्रीय कार्यसमितिको समीक्षा बैठक चल्दै गर्दा पार्टी कार्यालय पुगेको काफ्ले समूहले नेविसंघको संस्थापन पक्षीय नेतृत्वविरुद्ध चर्को नाराबाजी गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पौडेल निकट ५ जना उपाध्यक्षहरुले सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघको १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोक्न माग गरेका हुन् । 

उनीहरुले नेसवसंघका अध्यक्ष नैनसिँह महरले विधि, विधान र सहमति विपरित गरेका सम्पूर्ण असंवैधानिक निर्णयहरु तत्काल खारेज गर्नुपर्ने पनि माग गरेका छन् । अध्यक्ष महरले गरेका असंवैधानिक निर्णयहरु खारेज गरेर सहमतिका आधारमा सबै जिल्ला, विश्वविद्यालय र क्याम्पसहरुमा प्रतिनिधि खटाएर विधिवत अधिवेशन गरिनुपर्ने पनि उनीहरुको माग छ । 

Global Ime bank

उपाध्यक्षहरु प्रकाश राना, खडगबहादुर डाँगी, उर्मिला थपलिया, नविन राई र सागर परियारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा  गत कार्तिक २८ गते प्रेस विज्ञप्ती मार्फत र पुष ९ गते सभापति देउवा समक्ष बुझाइएका मागहरु तत्काल सम्बोधन गर्न पनि माग गरिएको छ ।

सभापति देउवालाई ज्ञापन पत्र बुझाउने पाँचै जना उपाध्यक्षहरुले २४ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने र त्यसको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।   

त्यस्तै सिटौला निकट काफ्ले समूहले सभापति देउवालाई बुझाइएको ज्ञापन पत्रमा नेतृत्वले आफ्नो भजन मण्डली खडा गर्न विधानले परिकल्पना नगरेको आमन्त्रित केन्द्रीय सदस्य, व्यक्तिगत सल्लाहकार नियुक्त गरेर नेविसंघलाई ‘नाटकघर’ बनाएको भन्दै आपत्ति जनाइएको छ । 

केन्द्रीय समितिको बैठक नै नबसी असहमत स्वरहरुलाई कुल्चेर केही झुण्डका उक्साहटमा संगठनलाई नै धराशयी बनाएको परिस्थितिको पटक पटक पार्टी नेतृत्वलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभए पछि संघको गरिमा र विधि, विधानको रक्षार्थ सिँगो पार्टीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको काफ्ले समूहको भनाई छ । 

पार्टीले गठन गरेको महाधिवेशन निर्देशन समितिले तीन महिनाभित्रै विवादित जिल्ला, क्याम्पस तथा विश्वविद्यालय समितिको अधिवेशन गराउन दिएको निर्देशनलाई नेविसंघ नेतृत्वले २० महीना पुगीसक्दा पनि नगराएको प्रति उक्त समूहले आपत्ति जनाएको छ । 

‘‘अधिवेशनका लागि कुनै सार्थक पहल कदमी नगर्ने नगर्ने बरु कपटपूर्ण ढंगले ‘हुकुमी प्रमाङ्गी’ शैलीमा नेतृत्व टास्ने हर्कत केन्द्रीय अध्यक्षबाट भएको घटनाक्रमले लोकतन्त्रको न्यूनतम मान्यताको समेत धज्जी उडाएको छ,’’ सभापति देउवालाई महाधिवशेनको मिति तय गर्न माग गर्दै बुझाइएको ज्ञापन पत्रमा भनिएको छ । 

ज्ञापन पत्रमा अध्यक्ष महरले नेतृत्व समहालेको २० महिनाको अवधिमा संगठन विस्तार र सुदृढीकरणका लागि कुनै प्रयास नगरेको, केन्द्रीय कार्यसमितिबाट पारित भएका निर्णयहरु कार्यान्वयन नगरेको, उनकै अकर्मण्यताले नेविसंघको बर्चश्व रहेका क्याम्पसहरुमा स्ववियु निर्वाचन नभएको लगायतका आरोपहरु लगाइएका छन् । 

महामन्त्री काफ्लेको समूहले अध्यक्ष महरले विधान विपरित गरेका निर्णयहरु फिर्ता लिएर तत्काल केन्द्रीय समितिको बैठकबाट १२ औं महाधिवेशन सुनिश्चितताको मार्ग प्रसस्त गरिदिन माउ पार्टीसँग माग गरिएको छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC