site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बागलुङ । यहाँस्थित विभिन्न क्षेत्रका अगुवाले प्रदेश नं ४ प्रदेशको नामाङ्कनमा लिखित तथा मौखिक सुझाव राखेका छन् । 

प्रदेश राजधानी र नामाङ्कन समितिमा उनीहरुले प्रदेशको नामकरणमा विभिन्न विकल्प सुझाएका हुन् । प्रदेश राजधानी भने हाल अस्थायी रुपमा तोकिएको पोखरा नै उपयुक्त हुनेमा एकमत देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सुझावकर्ताहरुले धवलगण्डक, धवलागिरि–गण्डकी, ढोरपाटन, सेतीकाली, तमुवान–मगरात आदि नाम राख्न सुझाव दिएका हुन् । प्रदेशको नामबारे लिखित रुपमा सुझाव राख्नेले त्यसको आधारसमेत खुलाएका छन् । 

प्रदेशको नामकरण गर्दा संघीयताको मर्म भुल्न नहुने अधिकांशको सुझाव छ । समग्र प्रदेशको साझा पहिचान झल्कने गरी नामकरण गरिनुपर्ने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । 

Global Ime bank

“सबैको अपनत्व झल्कने गरी साझा नाम राखिनुपर्छ”, उनले भने । नामाङ्कन गर्दा भूगोलदेखि इतिहास, संस्कृति, धर्मजस्ता पहिचानका विषय समेट्नुपर्ने आवाज उठेको छ । 

पूर्व संविधानसभा सदस्य केशरी घर्तीले प्रदेश नं ४ को नाम ‘तमुवान–मगरात’ हुनुपर्ने माग गर्नुभयो । उनले प्रदेशमा बस्ने बहुसंख्यक आदिवासी समुदाय र तिनको संस्कृतिको सम्मान हुनुपर्ने धारणा राखे । 

संघीयताको मर्मलाई आत्मसात् गर्दै प्रदेशको नामकरण गर्नुपर्ने उनको सुझाव छ । आदिवासी, जनजाति समुदायका अगुवाले आफूहरुको पहिचान सम्बोधन हुनुपर्नेमा विचार राखेका छन् । 

समितिले राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, पेशागत संगठनका प्रमुख, निजी क्षेत्र, समाजसेवी, पत्रकारलगायतसँग सुझाव माग गरेको थियो । प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले जिल्लाबाट प्राप्त सुझाव प्रदेशसभामा छलफलका लागि पेश गरिने बताए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC