site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसको चुनावी समीक्षा बैठक बुधबार सम्पन्न हुने सम्भावना, युवा नेता लिखित धारणा पेस गर्ने तयारीमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले निर्वाचनको समीक्षा गर्न बोलाएको केन्द्रीय कार्यसमिति बैठक बुधबार बेलुकी सम्पन्न हुने सम्भावना देखिएको छ । 

चैत ९ गतेबाट सोमबारसम्म ८ दिन चलेको बैठकमा अहिलेसम्म ५५ जना केन्द्रीय सदस्यहरुले निर्वाचन केन्द्रीत रहेर आ–आफ्नो धारणा राखिसकेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति अहिले ८० सदस्यीय रहेको छ । 
कांग्रेसको विधान अनुसार ८५ सदस्यीय कार्यसमितिमा सभापतिले चार जना आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ भने एक जना निर्वाचित केन्द्रीय सदस्यको निधन भइसकेको छ । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पर्सी बुधबार बेलुकीसम्म कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निष्कर्षका साथ टुंगिने सम्भावना रहेको बताएका छन् । 

Agni Group

‘‘भोली दिनभरी छलफल भए पछाडि पर्सी साँझसम्म एउटा निष्कर्षका साथ बैठक टुंगिने सम्भावना छ ।’’ उनले भने । 

प्रवक्ता शर्माका अनुसार सोमबार बसेको चुनावी समीक्षा बैठकमा छलफललाई छोट्याएर साझा धारणासहित एकतावद्ध सन्देश दिनु पर्ने आवाज उठेको छ ।

Global Ime bank

‘‘आज बोल्ने धेरैको कुरा पराजयको समीक्षाको विषय लामो हुन थाल्यो, अब यसलाई सश्लेषणसहित साझा धारणा सार्वजनिक गर्दै नवीन कार्यक्रमहरु निर्माण गरेर पार्टीले एकतावद्ध सन्देश दिएर जानु पर्छ भन्ने सबैको सार थियो ।’’ प्रवक्ता शर्माले बाह्रखरीसँग भने ।  

सोमबारको बैठकमा पनि निर्वाचनको समीक्षाको सन्दर्भमा अहिलेसम्म उठ्दै आएका धारणाहरु आएको उनले जानकारी दिए । सोमबारको ‘लञ्च ब्रेक’ सम्म आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, केन्द्रीय सदस्य अम्बिका बस्नेत, रत्ना शेरचन, ध्यान गोविन्द रञ्जित, किरण यादव, मानबहादुर विश्वकर्मा र अजयकुमार चौरसियाले धारणा राखेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अकल्पनिय परिणाम आएपछि आन्तरिक कलहमा फसेको कांग्रेसको चुनावी समीक्षा बैठकमा संस्थापन पक्ष र पौडेल पक्ष एकअर्का विरुद्ध आक्रामक ढंगबाट प्रस्तुत भइरहेका छन् । 
कांग्रेसको समीक्षा बैठकको सुरुवातमै पौडेल पक्ष सभापति देउवा विरुद्ध आक्रामक रुपले प्रस्तुत भए पछि संस्थापन पक्ष पनि पौडेल पक्षको कडा प्रतिवाद गर्दै आएको छ । 

यसैबीच निर्वाचनमा पराजय ब्यहोरे पछि पार्टी सुदृढीकरणका लागि भन्दै ‘मोर्चाबन्दी’ मा लागेका युवा नेताहरुको सोमबार (आज) लिखित धारणा बैठकमा पेश हुने भएको छ । 

‘‘आज उपलब्ध साथीहरुको हस्ताक्षरसहित हाम्रो लिखित धारणा बैठकमा पेश गर्छौं,’’ युवा नेता कल्याण गुरुङले भने ।  उनले युवा नेताहरुको समूहले केही प्रस्तावहरु लिखित धारणामा समावेश गरेको र बैठकबाट पारित गराउन खोजिएको बताए । 
कांग्रेसको चुनावी समीक्षा बैठक लम्बिदै जाँदा बैठकमा केन्द्रीय सदस्यहरुको उपस्थिति पनि पातलिदै गएको छ । सोमबारको बैठकमा सभापति शेरबहादुर देउवासहित झण्डै ५० जना केन्द्रीय सदस्यहरु मात्रै सहभागि थिए ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC