देश
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक महोत्तरी बर्दिबास शाखामा कार्यरत सहायक प्रबन्धक ५० हजार घुससहित पक्राउ परेका छन् । बर्दिबास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिश काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार (आज) ५० घुससहित पक्राउ गरेको हो । उनले सेवाग्राहीबाट कर्जा स्वीकृत गर्न रकम माग गरेका थिए । अख्तियारको टोलीले काफ्लेलाई कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५ १५:३२
प्रतिक्रिया दिनुहोस्