site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कारोबार रकम बढेर डेढ अर्ब पुग्दा नेप्सेमा २७ अंकको ‘करेक्सन’, कारोबारका आधारमा नेपाल बैंक अगाडि
Ghorahi CementGhorahi Cement

काठमाडौं । लगातार ७ दिन उकालो लागेको सेयर बजार परिसूचक बढ्ने क्रममा पूर्ण बिराम लागेको छ । आइतबार ५० अंकले बढेको सेयर बजारमा सोमबार भने ‘करेक्सन’ आएको हो ।

साताको दोस्रो दिन २७.६४ अंकले घटेको सेयर बजारमा कारोबार रकम भने उच्च रह्यो । अघिल्लो दिन १ अर्ब अर्ब ३२ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन १ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भए । यसक्रममा १७० कम्पनीका ३१ लाख १४ हजार ६१८ कित्ता सेयर खरिदबिक्री भए ।

Agni Group

नेप्से घट्दा सोमबार “क” वर्गका कम्पनीहरुको कारोरबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६.०७ अंकले घटेर २९८.०४ अंकमा सीमित भएको छ ।

नेप्से घट्दा आज समूहगत परिसूचकतर्फ सबै समूह नकारात्मक रहेका छन् । घट्नेमा होटल समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत घट्यो । अंकका आधारमा बीमा समूह सर्वाधिक ८८.४४ अंकले ओरालो लाग्दा २५ कम्पनीका सेयरधनीलाई मात्र बजार फलदायी बन्यो । बढ्नेमा स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९५ प्रतिशत कमाए भने मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.५७ प्रतिशतले बढ्यो ।

Global Ime bank

सोमबार ३ कम्पनीका सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयरमूल्य गुमाए । घट्नेमा राधी विद्यूत् कम्पनीको सेयर मूल्य ६.६९, तारागाउँ रिजेन्सी होटलको ६.३६ र सप्तकोशी विकास बैंकको पनि सेयर मूल्य ६.०४ प्रतिशतले घट्यो ।

डेढ अर्बको कारोबार हुँदा यसदिन नेपाल बैंकको सेयर खरिदविक्री उच्च रह्यो । यसदिन बैंकका २ लाख ६० हजार ६५८ कित्ता सेयर ५ सय ८ कारोबारमार्फत् ९ करोड ५९ लाख ३१ हजार रुपैयाँमा खरिदविक्री भए । चालू आवको वित्तीय विवरणमा बैंकको आर्थिक अवस्था राम्रो भएको अवस्थामा यसदिन बै.कको सेयर अघिल्लो दिनभन्दा ५ रुपैयाँ सस्तोमा पाइएको थियो । यही कारण बैंकको सेयरको उच्च कारोबार भएको जानकारहरुको दावी छ ।
नेप्से घट्दा यसदिन बजार पुँजीकरण १६ खर्ब ५५ अर्ब ५६ करोडमा पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC