site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रदेशले चालू आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रम पेश गरेको छ । कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकशेर खनालले प्रदेशसभामा प्रश्तुत गरेका हुन् ।
प्रमुख खनालले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा कर्णाली सरकारले सार्वजनिक, निजी र सरकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत् साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीब्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास हासिल गर्ने समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्य सरकारले लिएको उल्लेख छ ।
विकासको दृष्टिले पछि परेको उल्लेख गर्दै प्रमुख खनालले प्रदेशको सन्तुलित, गुणस्तरिय र दिगो रुपमा भौतिक पुर्वा विकास गर्ने जिम्मेवारी प्रदेश सरकारमा आएको बताए । 
उनका अनुसार जडिबुटी, जलस्रोत, पर्यटन उक्त प्रदेशका सम्भावना रहेपनि कर्णालीमा अनुसन्धान, निर्माण  र उद्योग स्थापना गर्न उत्तिकै चुनौति रहेको छ । तसर्थ, प्रत्यक कर्णलीबासीले प्रदेश विकासमा अग्रसरता देखाए दीगो, शान्त र समृद्ध कर्णालीको आकांक्षा पुरा गर्न गाह्रो नहुने उनको दाबी छ ।

कर्णालीको समग्र विकास र समृद्धिको गुरुयोजना बनाउन विज्ञको एउटा टोली गठन गरी समग्र योजनाको खाका बनाउने सरकारको योजना रहेको प्रमुख खनालले बताए ।

सरकारको नीति तथा कार्यक्रममा कर्णालीलाई विशेष आर्थिक प्रदेश (सेप) घोषाण गरी सञ्चान गर्न आवश्यक नीति लिइने उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै एक पालिका एक उद्योगको नतिअनुसार स्थानीय शीप, प्रविधि र कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धन गर्ने सरकारको योजना छ । यसका साथै पेट्रोलियम पदार्थको अध्ययन, अन्वेषण र अनुसन्धान गरी उपयोगका लागि आवश्यक योजना बनाइने छ । 

नीति तथा कार्यक्रममा पहिचान गरिएका औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा जोड दिइने ताथ खाद्यान्न, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यकीय वस्तुको आवश्यक तथा संकटकालीन मौज्दातको विशेष व्यवस्था गरिने बताइएको छ ।
यस चौमासिकमा सुर्खेतमा अन्तराष्ट्रिय मापदण्डको प्रादेशिक विमानस्थल निर्माणकोलागि संघीय सरकारसंग पहल गरिने, प्रदेशमा अत्यावश्यक वस्तु तथा सेवाको सहज, सुलभ र नियमित आपूर्तिका लागि सार्वजनिक, सरकारी, निजी तथा सहकारीको सहकार्यको प्रणालीलाई स्थापित गरिने प्रदेश सरकारको योजना छ ।

Global Ime bank

समग्रमा प्राकृतिक स्रोतको भरपुर परिचालनले प्रदेशलाई देशकै नमूना प्रदेश बनाउने कर्णाली सरकारको योजना छ । 

आर्थिक समृद्धिका लागि कर्णाली सरकारको अन्य योजनाः

कृषि यान्त्रिकीकरण र कृषि पूर्वाधारमा प्राथमिकता साथ लगानी गरिने

कृषि योग्य भुमि चक्लाबन्दी गर्न प्रोत्साहन गरिने

सहकारीलाई आर्थिक खम्बाको रुपमा विकास गर्न, सहकारीका सदस्यहरुले उत्पादनमूलक कार्यहरु गर्न, उत्पादनमा आधारित भएर सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्न सहकारी विकास कोष स्थापना गरिने

“गाँउ शहरमा सहकारी घरघरमा रोजगारी” को नीतिअनुरुप सहकारीलाई अभियानको रुपमा अगाडी  वढाइने

प्रदेशको गरिबीलाई न्यूनीकरण गर्नका लागि गरिव लक्ष्क्षित बिशेष कार्यक्रम संचालन गरिनेछ 

रेमिट्यान्सबाट प्राप्त भएको रकमलाइ उत्पादनमूलक क्षेत्रमा लगानी गरी निर्यातलाइ प्रवद्र्धन गरिने

युवा स्वरोजगार कार्यक्रमलाइ सहकारी मार्फत व्यवस्थित रुपमा सञ्चालन गरिने

कर्णाली सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ यसप्रकार छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC